2026-06-27 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

झापा ११ आहा-रारा गोल्डकपको सेमिफाइनलमा

शिव न्यौपाने । माघ १३, पोखरा । १४ औं आहा रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रबेश गरेको छ ।
सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत पोखरा
रंगशालामा हिजो भएको खेलमा बंगलादेशको गजिरचाट स्पोर्टिङ्ग क्लबलाई ४–१ ले हराउँदै झापा–११ अन्तिम चारमा
प्रबेश गरेको हो ।

हिजोको खेलमा झापा–११ का कर्ण लिम्बूले खेलको
छैटौँ र ७४औँ, गणेश ढकालले १५ औँ र नरेन्द्र लिम्बूले २८ औँ मिनेटमा गोल गरे । बङ्गलादेशको गजिरचाट
स्पोर्टिङ क्लबका मनिकले खेलको ४८औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । यहि माघ ५ गतेदेखि सुरु भएको
प्रतियोगितामा आजदेखि सेमीफाइनलका खेल सुरु हुनेछ ।

आजको पहिलो
सेमीफाइनल खेल आयोजक सहारा क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । त्यस्तै, हिजोको विजेता झापा–११ ले
दोस्रो सेमीफाइनल खेलमा भोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामाना गर्नेछ । प्रतियोगिताको
फाइनल खेल माघ १६ गते शनिबार हुने क्लबका सदस्यसचिव केशवराज बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी