2026-11-01 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको लामाचौर तथा गैराबारि क्षेत्रमा चोरको बिगविगि

Pokhara Nepal 27

शिव न्यौपाने । माघ १३, पोखरा । पोखराको लामाचौर तथा गैराबारी क्षेत्रमा
पछिल्लो समय चोरको विगविगी बढेको छ । लामाचौर र बाटुलेचौर क्षेत्रमा प्रहरीले नियमित रुपमा गस्ती गरेपनि
पोखरा १६ का भित्रि क्षेत्रमा भने चोरको विगविगी बढेको हो ।

चोरहरुको एक समुहले आईतबार राती लामाचौर, गैराबारी, मध्यमपथमा गरी ५ वटा पसलमा चोरी गरेका छन्
। गैराबारीमा रहेको रविन पौडेलको किराना पसलमा चोरहरुले सटर फोडेर खाद्य तथा मिठाई, चाउचाउ र जुस लगेका
छन् । त्यस्तै कमल अधिकारीको पसलबाट विक्रिमा राखिएका पेय पदार्थ चोरी गरेको सञ्चालक अधिकारीले जानकारी
दिनुभयो ।

त्यस्तै गैराबारीमै रहेको कमला स्टोर्सबाट खाद्य र
फलफुल, मध्यम पथमा रहेको पसलमा चोरहरुले सटर फोडेको पौडेलले जानकारी दिनुभयो । घटनाका बारेमा पसल
सञ्चालकहरुले स्थानिय प्रहरी चौकी र सि.आर.भि प्रहरीलाई जानकारी गराएका छन् । स्थानिय सबिन जि.सीले
पछिल्लो समय लामाचौर क्षेत्रमा चोरको विगविगी बढेको बताउँदै प्रहरी प्रशासनले थप सक्रियता बढाउनुपर्ने
बताउनुभयो ।

सि.आर.भि प्रहरी लामाचौरका प्रमुख सन्तबहादुर
बरामीले चाहि केही पसलमा चोरी भएको जानकारी आएको भन्दै चोरहरुको खोजी गरिरहेको जानकारी दिनुभयो । चोरी
सामान्य भएपनि खोजीका लागि सिभिलमा प्रहरी खटाइएको छ । चोरीका घटना बढेपछि स्थानिय वासिन्दाले शान्ति
सुरक्षाप्रति गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द