2026-07-25 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको लामाचौर तथा गैराबारि क्षेत्रमा चोरको बिगविगि

Pokhara Nepal 27

शिव न्यौपाने । माघ १३, पोखरा । पोखराको लामाचौर तथा गैराबारी क्षेत्रमा
पछिल्लो समय चोरको विगविगी बढेको छ । लामाचौर र बाटुलेचौर क्षेत्रमा प्रहरीले नियमित रुपमा गस्ती गरेपनि
पोखरा १६ का भित्रि क्षेत्रमा भने चोरको विगविगी बढेको हो ।

चोरहरुको एक समुहले आईतबार राती लामाचौर, गैराबारी, मध्यमपथमा गरी ५ वटा पसलमा चोरी गरेका छन्
। गैराबारीमा रहेको रविन पौडेलको किराना पसलमा चोरहरुले सटर फोडेर खाद्य तथा मिठाई, चाउचाउ र जुस लगेका
छन् । त्यस्तै कमल अधिकारीको पसलबाट विक्रिमा राखिएका पेय पदार्थ चोरी गरेको सञ्चालक अधिकारीले जानकारी
दिनुभयो ।

त्यस्तै गैराबारीमै रहेको कमला स्टोर्सबाट खाद्य र
फलफुल, मध्यम पथमा रहेको पसलमा चोरहरुले सटर फोडेको पौडेलले जानकारी दिनुभयो । घटनाका बारेमा पसल
सञ्चालकहरुले स्थानिय प्रहरी चौकी र सि.आर.भि प्रहरीलाई जानकारी गराएका छन् । स्थानिय सबिन जि.सीले
पछिल्लो समय लामाचौर क्षेत्रमा चोरको विगविगी बढेको बताउँदै प्रहरी प्रशासनले थप सक्रियता बढाउनुपर्ने
बताउनुभयो ।

सि.आर.भि प्रहरी लामाचौरका प्रमुख सन्तबहादुर
बरामीले चाहि केही पसलमा चोरी भएको जानकारी आएको भन्दै चोरहरुको खोजी गरिरहेको जानकारी दिनुभयो । चोरी
सामान्य भएपनि खोजीका लागि सिभिलमा प्रहरी खटाइएको छ । चोरीका घटना बढेपछि स्थानिय वासिन्दाले शान्ति
सुरक्षाप्रति गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक