२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

धौलागिरि लोकताराको उपाधी कस्ले पाँउला फाईनल प्रतियोगिता फागुन ८ गते

२०७२, २२ माघ शुक्रबार १५:०४

माघ २२, म्याग्दी । धौलागिरिका नव प्रतिभाको खोजिका लागि आयोजना गरिएको
“धौलागिरि लोकतारा” को सेमिफाईनलमा २० जना प्रतियोगी प्रवेश गरेका छन् । म्याग्दी, बागलुङ, पर्वत र
मुस्ताङका ३६ जना प्रतियोगि मध्ये मंगलबार बेनीमा भएको दोस्रो चरणको अडिसनबाट २० जना प्रतियोगि छनौट
भएका छन् । म्याग्दी रमाईलो साँझ बेनी को आयोजना र अमर संसार म्युजिक प्रा लि को सहआयोजनामा धौलागिरि
लोकतारा प्रतियोगिता–२०७२ को आयोजना गरिएको हो ।

लोक
संंस्कृतिको संरक्षण गर्दै नवप्रतिभाको पहिचानका लागि पहिलो पटक अञ्चलका सबै जिल्ला समेटेर धौलागिरी
लोकतारा आयोजना गरिएको हो । बेनीमा सम्पन्न दोस्रो चरणको अडिसनबाट निम्न नव प्रतिभा छनौट भएका छन्

परि पुन मगर बागलुङ, शक्ति छिनाल म्याग्दी, सफल परियार पर्वत, सिता रसाईली म्याग्दी, मेनुका
थापा बागलुङ, विकास फगामी म्याग्दी, तारादेवी पुन म्याग्दी, लोकप्रसाद गर्वुजा म्याग्दी, लोकेन्द्र
नेपाली बागलुङ, अमृता विश्वकर्मा म्याग्दी, कृष्ण नेपाली पर्वत, सावित्री थापा म्याग्दी, हरिकला थापा
बागलुङ, सुशिल पौडेल बागलुङ, प्रजु विश्वकर्मा म्याग्दी, रमेश परियार म्याग्दी, मनमाया घर्ति म्याग्दी,
अमृत चापागाई पर्वत, विष्णु जुग्जाली म्याग्दी र प्रविना पुर्जा पर्वत बिच धौलागिरि लोकताराको उपाधी
कस्ले पाँउलान ।

सेमिफाईनल फागुन ७ गते जिल्ला विकास समितिको हलमा र फाईनल प्रतियोगिता ८ गते गते
रुचि चलचित्र मन्दिर हल बेनीमा हुने सहआयोजक अमर संसार म्युजिक प्रालिका अध्यक्ष अमर खत्रीले जानकारी
दिए । तेस्रो चरणको अडिसनबाट उत्कृष्ट १० छनौट गरिने समेत खत्रीले बताए । प्रतियोगितामा बिजयी हुनेले
नगद रु २५ हजार, ट्रफि र प्रमाणपत्र सहित एउटा एल्बममा स्वर दिने अवसर पाउनेछन् । त्यस्तै उपविजेता
हुनेलाई नगद रु १५ हजार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । त्यस्तै सान्त्वना हुने तिन जनालाई समेत
सम्मान गरिने आयोजकले जनाएको छ ।

– अमर खत्री बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ