2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भण्डारीको उपन्यास पहेँलो घाममाथि ¥याण्डममा चर्चा

माघ २३, पोखरा । उपन्यासकार विष्णु भण्डारीको आठौँ कृति तथा
पहिलो उपन्यास ‘पहेँलो घाम’माथि पोखरामा शनिबार चर्चा भएको छ ।

¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको मासिक पुस्तक परिचर्चाको ६० औँ शृङ्खलामा उपन्यासको चर्चा
गर्दै युवा लेखक दीपक पराजुलीले कृति सङ्व्रmमणकालीन नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण दस्तावेज
भएको बताउनुभयो ।

kaski 1

माओवादी जनयुद्धको अन्त्यपछि
अयोग्य ठहरिएका लडाकुमाथि लेखिएको उपन्यासले त्यसपछि लडाकुहरुको सामाजिक–राजनीतिक जीवनमा के कस्ता
उतारचढाव आए भन्ने बुझ्न सघाउने पराजुलीको दाबी थियो । उपन्यासमा माओवादी शान्ति प्रव्रिंmयामा आएपछिको
निर्मम समीक्षा गरिएको भन्दै समीक्षक पराजुलीले समीक्षाका व्रmममा उपन्यासकार भण्डारीले वस्तु सत्य
प्रस्तुत गरेर पाठकप्रति न्याय गरेको बताउनुभयो । पराजुलीले युद्धकालका लडाकु अयोग्य नभई पार्टीका
नेतृत्वकर्ता अयोग्य भएको आरोप समेत लगाउनुभयो ।

सोसाइटीमा
अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा उपन्यासकार भण्डारीले प्रगतिवादी खेमाका
लेखकहरुले प्रेम, यौन, स्वर्ग, भगवान् जस्ता शब्दको प्रयोग गर्नै नहुने परम्परागत मान्यताप्रति
असन्तुष्टि राख्नुभयो । जीवनका सत्यलाई साहित्यमा उतार्दा कोही गैर प्रगतिवादी नहुने जिकिर
भण्डारीको
थियो ।

कम्युनिष्ट पार्टीका नेताहरुले जुन आदर्श चरित्र
देखाउनुपर्ने हो, त्यस्तो नभएको भन्दै उहाँले नेताहरुको विलासी जीवनशैलीले माओवादीलाई ‘पहेँलो घाम’
बनाउँदै लगेको दाबी गर्नुभयो । माओवादी नेताहरुले ‘दरबार’


नछोडेसम्म पार्टी माथि नजाने जिकिर गर्दै उहाँले नामै तोकेर ल्यार्काल लामा र सूब सेन
ओलीहरु पार्टीलाई प्रिय लागेसम्म इमानदार कार्यकर्ता सधैँ ‘अयोग्य’ नै ठहरिने बताउनुभयो । साहित्यमा
विचार मात्र थुपारेर नहुने भन्दै कला पक्षलाई पनि आफूले उत्तिकै महत्त्व दिने गरेको उहाँको भनाइ थियो

kaski

कायव्रmममा कवि प्रथाले आफू
कविता बढी मन पराउने पाठक भए पनि भण्डारीको ‘पहेँलो घाम’ले भने निकै प्रभाव पारेको बताउनुभयो ।
कार्यव्रmममा सुरेश रानाभाट, अजय अनमोल, डा. कृष्णराज अधिकारी, सरस्वती प्रतीक्षा, भीम रानाभाट, अमृत
सुवेदी, राजेन्द्र पौडेल, गनेस पौडेललगायतले टिप्पणी गर्नुभएको थियो ।

सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती
प्रतीक्षाले आगामी फागुन २९ गते शनिबार सरिता तिवारीको कविता सङ्ग्रह ‘प्रश्नहरुको कारखाना’माथि अर्चना
थापाले परिचर्चा गर्नुहुने जानकारी दिनुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक
वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सदस्य सुरज उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई