2026-07-24 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्र/छात्रा बास्केटबल प्रतियोगिता जारी

फागुन ४, पोखरा ।

– मंगलबार ७ खेल सम्पन्न

कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरामा जारी १३ औं संस्करणको कर्णेल जेपिक्रस अन्तरविद्यालय
छात्र÷छात्रा बास्केटबल प्रतियोगिता अन्र्तगत मंगलबार ७ खेलहरु सम्पन्न भएका छन ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा डाईमण्ड उच्च माविले जित दर्ता गरेको
छ । डाईमण्डले एस.ओ.एस. हर्मनमाईनरलाई २३–२२ को स्कोरले पराजित गरेको हो । डाईमण्डको जितमा शुशिल
गर्रवुजाले १२ स्कोरको योगदान दिए । किरण छन्त्यालको १७ स्कोरको मद्धतले दोश्रो खेलमा मनकामना बोडिङले
वालकल्याणलाई ३०–८ को स्कोरको अन्तरले पराजित गरेको छ ।

तेश्रो
खेलमा माउण्ट अन्नपूर्ण उच्च माविले कास्की मोडनाईजलाई ३२–१६ को स्कोरले पराजित गर्यो । माउण्ट
अन्नपूर्णको जितमा महेन्द्र पुनले ११ स्कोरको योगदान दिए ।


कुमुदीनि होम्स उच्च माविले पोखरा युनाईटेडलाई २६–२१ को स्कोरले पराजित गर्यो । क्ुमुदीनि
होम्सको जितमा पृतम गुरुङले १२ स्कोरको योगदान दिए । सुजन गुरुङको १२ स्कोरको मद्धतले टप्स उच्च माविले
वालकल्याण
स्कुललाई ३ स्कोरको बिरुद्ध ४५ स्कोरको विशाल अन्तरले पराजित गरेको छ ।

छात्रतर्फको मंगलबार भएको अन्तिम खेलमा लिटिल स्टेप उच्च माविले डाईमण्ड उच्च
माविलाइ ४०–१८ को स्कोरले पराजित गरेको छ । लिटिल स्टेप उच्च माविको जितमा सुजन भुजेलले १८ स्कोरको
योगदान दिए ।

त्यसै गरी मंगलबार छात्रा तर्फ एक खेल मात्र
भयो । माउन्ट अन्नपुर्णले कास्की मोडनाईजलाई २ को बिरुद्ध २६ स्कोरको विशाल अन्तरले पराजित गरेको हो ।
माउन्ट अन्नपुर्णको जितमा हिरा पुनले ८ स्कोरको योगदान दिईन । त्यसै गरी बुधबार लिग चरणका ७ खेल हुने
भएको संघका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।

–  दिननाथ बराल
बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक