2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सानो परी प्रतिष्ठा, सानो बाबु दिप्जल

फागुन १०, पोखरा । सानो परी एण्ड सानो
बाबु पोखरा–२०१५ को उपाधि लिटिल स्टेप उच्च माविमा अध्ययनरत १० वर्षीया प्रतिष्ठा सुवेदी र ग्लोबल
कलिजियट उच्च माविका ८ वर्षीय दिप्जल बस्नेतले हात पारेका छन् । उनीहरूले ट्रफी, क्राउन, मेडल र १० हजार
रुपैयाँ नगद प्राप्त गरे ।

सो प्रतियोगिताका लागि २६ विद्यालयका
४८ विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । जीत हाम्रो फाउण्डेशनको आयोजना र एसटी क्रिएशनको सहकार्यमा
बालबालिकाको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले एघारौं संस्करणको ट्यालेण्ट शो आयोजना
गरिएको कार्यक्रम संयोजक सञ्चारकर्मी सुरज थापामगरले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतियोगितामा
सानो परीको फस्ट रनर अप फिस्टेल एकेडेमीका १२ वर्षीया सायना श्रेष्ठ, सेकेण्ड रनर अप कञ्चनजंगा बोर्डिङ
स्कुलकी प्रकृति थापामगर, थर्ड रनर अप बेसलाइन एकेडेमीका दीपा रानामगर, फोर्थ रनर अप फिस्टेल एकेडेमीका
अंकिता गुरुङ, फिप्थ रनर अप सोसल पब्लिक स्कुलका सीमा गुरुङ भइन् । सानो बाबुतर्फ फस्ट रनर अप इसिइसी
मन्टेश्वरीका आकृश गुरुङ, एलपी देवकोटा स्कुलका नारायण नेपाली सेकेण्ड रनर अप, स्टेप बाइ स्टेपका समीप
घिमिरे थर्ड रनर अप, भ्यू प्वाइन्ट स्कुलका रोशन भुजेल फोर्थ रनर अप र कास्की मोर्डनाइज्डका ठिमोन गुरुङ
फिप्थ रनर अप भए । उनीहरूले पनि ट्रफी र मेडल प्राप्त गरेका थिए ।

सानो परी एण्ड सानो बाबुको
निर्णायकमा वरिष्ठ सञ्चारकर्मी अभिमन्यू विक्रम राणा, गायिका कौशल्या गुरुङ, संगीतकार सर्वज्ञमान शाक्य,
प्रा. ध्रुवराज खनाल, फेशन डिजाइनर ओसिम खान, निर्णायक संयोजक मोडल अनिता थापामगर रहेका थिए । हरेक
वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले
बताउनुभयो । सन् २००५ देखि सुरु गरिएको ट्यालेण्ट शोले साना बाबु नानीको प्रतिभालाई उजागर गर्न टेवा
पुग्ने दाबी उहाँले गर्नुभयो । ट्यालेण्ट शोको सञ्चालन सञ्चारकर्मी इनिशा दुरामगरले गर्नुभएको थियो

– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई