2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा प्याराग्लाईडीङको प्रि–वल्र्ड कप जारी, खराव मौसमका कारण सोमबारको खेल स्थगीत

फागुन १७, पोखरा । खराब मौसमका कारण पोखरामा जारी प्याराग्लाइडिङ कोे प्रि–वल्र्ड कप
तथा खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिता २०१६ अन्र्तगत सोमबारको खेल स्थगीत भएको छ । समयमै मौसम
नखुलेको हुदा दिउसो १२ः३० बजे सुरु भएको प्रतियोगिता २४ मिनेट वित्न नपाउदै अर्मला क्षेत्रमा पानी पर्न
थाले पछि खेल विचमै स्थगीत भएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराईले बताए

कम्तीमा पनि एक घण्टा उडान नभएको अबस्थामा प्रतियोगिताको अंक नजोडिने भएकोले पनि सोमबार सवै
प्रतियोगिताहरु आकासमा उडे पनि उनीहरुको कुनै अंक नजोडिने गरी खेल स्थगीत भएको प्रतियोगिताका प्राविधिक
संयोजक रविन गुरुङले बताए । सोमबार प्रतियोगिताको लागि आकासमा ७० किलोमिटरको दुरी निर्धारण गरीएको थियो
। प्राविधिक संयोजक गुरुङले भने “प्याराग्लाईडीङको लागि मौसम खुलेको र यसमा सकभर घाम लागेको दिनलाई
हामीले उत्तम दिन मान्दछौं, तर पानी परेको अबस्थामा हामीले प्याराग्लाईडीङ गर्न कठिन हुन्छ, किनकी
प्याराग्लदाईडीङ हावाको चापको आधारमा आकासमा उड्ने हो ।”

आइबतार विहानै पोखरा क्ष्ोत्रमा पानी
परेर पनि आकास खुल्न नसके पछि सधै जसो १० बजे पछि सुरु हुने प्याराग्लाईडीङ प्रतियोगिता आइृबतार भने ४
घण्टा ढिलो २ बजेपछि मात्र सुरु भएको थियो । आइतबार प्रतियोगिहरुको लागि ४४ किलोमिटरको दुरी निर्धारण
गरीएको थियो । आइतबारको खेलमा इरानका साहीन फलाज अग्र स्थानमा रहेका छन । उनले अन्य प्रतियोगिताहरु
भन्दा बढी ९ सय ९९ अंक जोड्दै अग्र स्थानमा रहन सफल भएका हुन । त्यसै गरी रसियाका ग्लेव सुखेस्की ९ सय
९२ अंकका साथ दोश्रो स्थानमा रहन सफल भएका छन । त्यसै गरी महिला तर्फ भने कोरीयाकी ह्वाईन हिकिम अग्र
स्थानमा रहन सफल भईन ।

उनले ९ सय ३२ अंक जोड्न सफल भईन । सराङकोट क्षेत्रको आकास हुदै नौडाडाँ
सम्मको आकासको पेरीफेरीलाई प्रतियोगिहरुले आफ्नो उडान गरी खपौदीमा अवतरण गरेका हुन । आईतबार ढिलो खेल
सुरु भएको कारणले गर्दा आइृतबारको खेलमा कुन ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा कम्पुटरबाट
हेर्नु पर्ने भएकोले गर्दा पनि प्रतियोगिहरुको नतिजा हेर्न केही समय लाग्ने गर्दछ । यसै विच पोखरामा
पहिलो पटक आयोजना भएको विश्व तेक्वान्दो हान्मादानमा सहभागि ५ राष्ट्रका ७ सय बढी खेलाडीहरुले पोखरामा
व्यावसायीक प्याराग्लाइडीङ गर्न चाहेर पनि दुवै खेल एकै मितिमा आयोजना भएकोले गर्न पाएनन । यसबाट
व्यवसायी तथा खेलाडीहरु दुबैलाई मर्का पर्यो ।

पोखरामा आयोजना हुने मेगा ईभेण्ट सकभर एकै मितिमा
नगर्दा आयोजक तथा अन्य क्षेत्रलाई फाईदा पुग्ने भएकोले यस प्रति सोच्न खेलकुदकर्मीहरुले गुनासो गरेका छन

 

– दिननाथ बराल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई