2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा प्याराग्लाईडीङको प्रि–वल्र्ड कप जारी, खराव मौसमका कारण सोमबारको खेल स्थगीत

फागुन १७, पोखरा । खराब मौसमका कारण पोखरामा जारी प्याराग्लाइडिङ कोे प्रि–वल्र्ड कप
तथा खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिता २०१६ अन्र्तगत सोमबारको खेल स्थगीत भएको छ । समयमै मौसम
नखुलेको हुदा दिउसो १२ः३० बजे सुरु भएको प्रतियोगिता २४ मिनेट वित्न नपाउदै अर्मला क्षेत्रमा पानी पर्न
थाले पछि खेल विचमै स्थगीत भएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराईले बताए
।

कम्तीमा पनि एक घण्टा उडान नभएको अबस्थामा प्रतियोगिताको अंक नजोडिने भएकोले पनि सोमबार सवै
प्रतियोगिताहरु आकासमा उडे पनि उनीहरुको कुनै अंक नजोडिने गरी खेल स्थगीत भएको प्रतियोगिताका प्राविधिक
संयोजक रविन गुरुङले बताए । सोमबार प्रतियोगिताको लागि आकासमा ७० किलोमिटरको दुरी निर्धारण गरीएको थियो
। प्राविधिक संयोजक गुरुङले भने “प्याराग्लाईडीङको लागि मौसम खुलेको र यसमा सकभर घाम लागेको दिनलाई
हामीले उत्तम दिन मान्दछौं, तर पानी परेको अबस्थामा हामीले प्याराग्लाईडीङ गर्न कठिन हुन्छ, किनकी
प्याराग्लदाईडीङ हावाको चापको आधारमा आकासमा उड्ने हो ।”

आइबतार विहानै पोखरा क्ष्ोत्रमा पानी
परेर पनि आकास खुल्न नसके पछि सधै जसो १० बजे पछि सुरु हुने प्याराग्लाईडीङ प्रतियोगिता आइृबतार भने ४
घण्टा ढिलो २ बजेपछि मात्र सुरु भएको थियो । आइतबार प्रतियोगिहरुको लागि ४४ किलोमिटरको दुरी निर्धारण
गरीएको थियो । आइतबारको खेलमा इरानका साहीन फलाज अग्र स्थानमा रहेका छन । उनले अन्य प्रतियोगिताहरु
भन्दा बढी ९ सय ९९ अंक जोड्दै अग्र स्थानमा रहन सफल भएका हुन । त्यसै गरी रसियाका ग्लेव सुखेस्की ९ सय
९२ अंकका साथ दोश्रो स्थानमा रहन सफल भएका छन । त्यसै गरी महिला तर्फ भने कोरीयाकी ह्वाईन हिकिम अग्र
स्थानमा रहन सफल भईन ।

उनले ९ सय ३२ अंक जोड्न सफल भईन । सराङकोट क्षेत्रको आकास हुदै नौडाडाँ
सम्मको आकासको पेरीफेरीलाई प्रतियोगिहरुले आफ्नो उडान गरी खपौदीमा अवतरण गरेका हुन । आईतबार ढिलो खेल
सुरु भएको कारणले गर्दा आइृतबारको खेलमा कुन ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा कम्पुटरबाट
हेर्नु पर्ने भएकोले गर्दा पनि प्रतियोगिहरुको नतिजा हेर्न केही समय लाग्ने गर्दछ । यसै विच पोखरामा
पहिलो पटक आयोजना भएको विश्व तेक्वान्दो हान्मादानमा सहभागि ५ राष्ट्रका ७ सय बढी खेलाडीहरुले पोखरामा
व्यावसायीक प्याराग्लाइडीङ गर्न चाहेर पनि दुवै खेल एकै मितिमा आयोजना भएकोले गर्न पाएनन । यसबाट
व्यवसायी तथा खेलाडीहरु दुबैलाई मर्का पर्यो ।

पोखरामा आयोजना हुने मेगा ईभेण्ट सकभर एकै मितिमा
नगर्दा आयोजक तथा अन्य क्षेत्रलाई फाईदा पुग्ने भएकोले यस प्रति सोच्न खेलकुदकर्मीहरुले गुनासो गरेका छन
।

 

– दिननाथ बराल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द