2026-11-02 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मिस नेवा ११३६ को तयारी तिव्र

फागुन १९, पोखरा । नेवा खलः कास्कीको आयोजनामा चैत्र ६ गते शनिबार पोखरामा
हुन लागेको मिस नेवा पोखराको तयारी तिव्र पारिएको छ । मिस नेवाः पोखरा ११३६ का लागि १९ जना नेवारी
समुदायका युवतीले प्रतिस्पर्धा गर्दैछन । सहभागि प्रतियोगिहरुलाई बिभिन्न जीवनपयोगी तालिम प्रदान गरिएको
प्रतियोगिता संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए ।
miss
pokhara

अहिले सम्म अन्नपुर्ण
एफ एमका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले सार्वजनिक भाषण कला, नारायण शर्मा, बिश्वहरी
जोशीले ब्यक्तित्व बिकास, बिक्रम उदासले नेवारी भाषा, नेपालभुषण बैद्यले उद्यमशिलता, ओम फाइनान्सका
प्रमुख कार्यकारी अधिकृति बुद्धि मल्लले बैकिङ्ग, प्रमोद श्रेष्ठले पर्यटन सम्बन्धि तालिम प्रदान गरेका
छन् । त्यसैगरि कवि तथा संस्कृतिविद तिर्थ श्रेष्ठले नेवारी कला तथा संस्कृति, अनमोल ताम्राकारले खाना
तथा सौन्दर्यबिद मिना गुरुङ्गले सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्ने संयोजक श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागिहरुलाई साँस्कृतिक भ्रमणका रुपमा नेवारी कला र संस्कृतिको राजधानी किर्तीपुर,
ललितपुर र भक्तपुर लगिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । त्यहा रहँदा उनीहरुले नेवारी
आर्किटेक्टको अवलोकन तथा नेवारी
संस्कार र संस्कृतिका बारेमा अन्र्तक्रिया गर्ने खलका अध्यक्षले
पालिखेले जानकारी दिए ।

प्रतिस्पर्धीहरुमा भैरबटोलका
करिस्मा शाई, रामबजारका सन्ध्या श्रेष्ठ, सुवि तण्डुकार, सुरक्षा तझ्या र मौनता कर्माचार्य, हेम्जाका
ज्योती श्रेष्ठ, पृथ्बीचोकका सेलिका श्रेष्ठ र एनी श्रेष्ठ, रानीपौवाका अनिशा तझ्या, सुस्मा श्रेष्ठ र
सन्जु श्रेष्ठ रहेका छन् । यसैगरि मोहोरिया टोलका अस्मिता बज्राचार्य, एलिशा जोशी, सिंहनाथटोलका
श्रेंयका प्रधान, सृजनाचोकका सदिक्षा मल्ल, बगरका निशा श्रेष्ठ, लामाचौरका रोजिना श्रेष्ठ र तनहँु
डुमे्रका अस्मिता श्रेष्ठ, मालेपाटनका दिपिका श्रेष्ठ रहेका छन् । विभिन्न चरण पार गर्दै आउदो चैत्र ६
गते शनिबार पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले
आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने
भएको छ ।

कार्यक्रममा सफलताका साथ सम्पन्न गर्नका लागि
सुविन्द्र श्रेष्ठको संयोजकत्वमा बिभिन्न उपसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा शम्भुलाल श्रेष्ठ,
सारा बजिमय, सांस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिती संयोजक सोनी ढेवाजु, स्टेज ब्यवस्थापन संयोजक
गजेन्द्रमान श्रेष्ठ रहेका छन् । यसैगरि फोटो सेसन संयोजक पुजा प्रधान, श्रृङ्गार ब्यवस्थापन मिना
प्रधान, समिता रञ्जित, निर्णायक मण्डल संयोजक निरन्जन श्रेष्ठ, साउण्ड सिस्टम संयोजक शंकर ताम्राकार,
कोरियोग्राफर संयोजक निशा प्रजापती प्रचार संयोजकमा सञ्जय मल्ल रहेका छन्
।

नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा
रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ र ११३५ मा आशा श्रेष्ठले मिस नेवा
पोखराको ताज पहिरन सफल भइसकेका छन् ।

मिस नेवा शुरु गरेदेखि
नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, कुमारी नृत्य, चर्या
नृत्य, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द