2026-07-25 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मिस नेवा ११३६ को तयारी तिव्र

फागुन १९, पोखरा । नेवा खलः कास्कीको आयोजनामा चैत्र ६ गते शनिबार पोखरामा
हुन लागेको मिस नेवा पोखराको तयारी तिव्र पारिएको छ । मिस नेवाः पोखरा ११३६ का लागि १९ जना नेवारी
समुदायका युवतीले प्रतिस्पर्धा गर्दैछन । सहभागि प्रतियोगिहरुलाई बिभिन्न जीवनपयोगी तालिम प्रदान गरिएको
प्रतियोगिता संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए ।
miss
pokhara

अहिले सम्म अन्नपुर्ण
एफ एमका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले सार्वजनिक भाषण कला, नारायण शर्मा, बिश्वहरी
जोशीले ब्यक्तित्व बिकास, बिक्रम उदासले नेवारी भाषा, नेपालभुषण बैद्यले उद्यमशिलता, ओम फाइनान्सका
प्रमुख कार्यकारी अधिकृति बुद्धि मल्लले बैकिङ्ग, प्रमोद श्रेष्ठले पर्यटन सम्बन्धि तालिम प्रदान गरेका
छन् । त्यसैगरि कवि तथा संस्कृतिविद तिर्थ श्रेष्ठले नेवारी कला तथा संस्कृति, अनमोल ताम्राकारले खाना
तथा सौन्दर्यबिद मिना गुरुङ्गले सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्ने संयोजक श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागिहरुलाई साँस्कृतिक भ्रमणका रुपमा नेवारी कला र संस्कृतिको राजधानी किर्तीपुर,
ललितपुर र भक्तपुर लगिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । त्यहा रहँदा उनीहरुले नेवारी
आर्किटेक्टको अवलोकन तथा नेवारी
संस्कार र संस्कृतिका बारेमा अन्र्तक्रिया गर्ने खलका अध्यक्षले
पालिखेले जानकारी दिए ।

प्रतिस्पर्धीहरुमा भैरबटोलका
करिस्मा शाई, रामबजारका सन्ध्या श्रेष्ठ, सुवि तण्डुकार, सुरक्षा तझ्या र मौनता कर्माचार्य, हेम्जाका
ज्योती श्रेष्ठ, पृथ्बीचोकका सेलिका श्रेष्ठ र एनी श्रेष्ठ, रानीपौवाका अनिशा तझ्या, सुस्मा श्रेष्ठ र
सन्जु श्रेष्ठ रहेका छन् । यसैगरि मोहोरिया टोलका अस्मिता बज्राचार्य, एलिशा जोशी, सिंहनाथटोलका
श्रेंयका प्रधान, सृजनाचोकका सदिक्षा मल्ल, बगरका निशा श्रेष्ठ, लामाचौरका रोजिना श्रेष्ठ र तनहँु
डुमे्रका अस्मिता श्रेष्ठ, मालेपाटनका दिपिका श्रेष्ठ रहेका छन् । विभिन्न चरण पार गर्दै आउदो चैत्र ६
गते शनिबार पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले
आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने
भएको छ ।

कार्यक्रममा सफलताका साथ सम्पन्न गर्नका लागि
सुविन्द्र श्रेष्ठको संयोजकत्वमा बिभिन्न उपसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा शम्भुलाल श्रेष्ठ,
सारा बजिमय, सांस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिती संयोजक सोनी ढेवाजु, स्टेज ब्यवस्थापन संयोजक
गजेन्द्रमान श्रेष्ठ रहेका छन् । यसैगरि फोटो सेसन संयोजक पुजा प्रधान, श्रृङ्गार ब्यवस्थापन मिना
प्रधान, समिता रञ्जित, निर्णायक मण्डल संयोजक निरन्जन श्रेष्ठ, साउण्ड सिस्टम संयोजक शंकर ताम्राकार,
कोरियोग्राफर संयोजक निशा प्रजापती प्रचार संयोजकमा सञ्जय मल्ल रहेका छन्

नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा
रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ र ११३५ मा आशा श्रेष्ठले मिस नेवा
पोखराको ताज पहिरन सफल भइसकेका छन् ।

मिस नेवा शुरु गरेदेखि
नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, कुमारी नृत्य, चर्या
नृत्य, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक