2026-11-02 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नयाँ शक्तिले देशभर  एक लाख सदस्य बनाउने

शिव न्याैपाने/फागुन २१, पाेखरा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम
भट्टराईले देशभर एक लाख सदस्य बनाएर मात्रै पार्टी घोषणा गर्ने बताउनुभएको छ ।

पोखरामा हिजाे भएको पत्रकार सम्मेलनमा उहाले केहि महिनाभित्र देशभरबाट एक
लाख सदस्य संख्या बनाएर उनिहरुको उपस्थितिमा पार्टी घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो ।

केन्द्र, प्रदेश जिल्ला र गाँउमा अन्तरिम परिषद् निर्माण गरी
सदस्यता अभियान सञ्चालन गर्ने र एक लाख सदस्य संख्या पुगेपछि उनिहरुलाईनै पार्टीको संस्थापक मान्ने गरी
पार्टी घोषणा हुने भट्टराईले बताउनुभयो । उहाले नयाँ शक्ति नेपाल पुरानै पार्टीहरु मध्येको थप पार्टी
नभई बैकल्पिक राजनीतिक अभियान भएको जिकिर गर्नुभयो ।

यसअघिका पार्टी राजनीतिक अधिकार प्राप्तीको लागि बनेको भएपनि नयाँ शक्ति नेपाल त्यो भन्दा
निकै फरक धारबाट आएको उहाको दावि छ । उहाले पार्टी सञ्चालनको लागि एकै ब्यक्तिबाट कमिसनको रुपमा करोडौ
रुपैया नलिने भन्दै ब्यक्तिबाट ५० हजार तथा संस्थाबाट २० लाख रुपैया प्रतिबर्ष चन्दा लिने स्पष्ट
पार्नुभयो । चन्दा लिएको रकम पनि पारदर्शी हुने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द