2026-07-24 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पत्रकार महासङघ कास्की शाखाको भवन निर्माण सम्पन्न

शिब न्यौपाने/फागुन २२, पोखरा
श्रमजीवी पत्रकारको छाता सङ्गठन पत्रकार महासङ्घ कास्की शाखाको बहुउद्देश्यीय सुविधा सम्पन्न
पक्की भवन १ करोड ४५ लाख ७१ हजार ३१५ को लागतमा निर्माण सम्पन्न भएको छ ।

नेपाल सरकार, स्थानीय
निकाय, औद्योगिक प्रतिष्ठान, पोख्रेली विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी एवम् व्यक्तिबाट सङ्कलित
आर्थिक सहयोगबाट भवन निर्माण गरिएको हो । भवनको ३०० क्षमताको सभाहलसहित पोसाक परिवर्तन कक्ष, महासङ्घको
कार्यालय, तालिम, बैठक, प्रशासनिक कक्ष, सूचना केन्द्रसहितका छुट्टाछुट्टै पाँच कक्ष रहेको शाखा अध्यक्ष
रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन निर्माणका लागि सूचना तथा सञ्चार
मन्त्रालयबाट १४ लाख, पोखरा उप महानगरपालिकाबाट ३५ लाख ५२ हजार, लक्ष्मी हाउस पोखराबाट १६ लाख ५१ हजार
१५१, जिल्ला विकास समिति कास्कीबाट ५ लाख २५ हजार र लेखनाथ नगरपालिकाबाट ५ लाख ७५ हजार सहयोग प्राप्त
भएको थियो ।

त्यसैगरी छुनुमुनु मिडिया हाउसबाट ३ लाख ५ हजार, सहारा क्लब पोखरा युके हङकङबाट ३
लाख, पत्रकार राजु भण्डारीबाट ३ लाख, जगदम्बिका सिग्देलबाट ३ लाख र उद्योगपति सूर्यबहादुर केसीबाट २ लाख
२५ हजार प्राप्त भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणका लागि हालसम्म ५०० भन्दा बढी विभिन्न
सङ्घसंस्था र व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो ।

पाँच वर्षअघि पत्रकारबाटै ३ लाख ५० हजार
सङ्कलन गरेर निर्माण कार्य सुरु गरिएको सो भवन निर्माणका लागि कास्की जिल्लाबाट प्रत्यक्ष एवम्
समानुपातिक तर्पmबाट निर्वाचित सभासद्ले संसद् विकास कोषमार्पmत ९ लाख उपलब्ध गराउने प्रतिबद्धता जाहेर
गरे पनि अहिलेसम्म ४ लाख मात्र प्राप्त भएको शाखा सचिव त्रिभुवन पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक