२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ताराको उपाधि सरीता थापामगरलाई

२०७३, १६ मंसिर बिहीबार ०८:४८

मंसिर १६, पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा आयोजित दोस्रो सस्तो व्यापारमेलामा भएको प्रदेश तारा(नृत्य प्रतियोगिता) को उपाधि सरीता थापामगरले जितेकी छन् । प्रतियोगितामा मनमाया तामाङ, द्वितीय, लक्ष्मी थापामगर तृतीय, जमुना देवकोटा र समा पराजुली सान्त्वना बने । प्रदेश तारामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार र सान्त्वना पुरस्कार दुई जनलाई ५÷५ हजारका दरले प्रदान गरियो ।

दी बेस्ट हार्डयवरका सञ्चालक अन्जित बिष्टले विजेतालाई पुरस्कार वितरण गरेका थियो । सञ्चालक माधव बास्तोलाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन नेत्रपाणि बास्तोलाले गरेका थिए । संस्कृतिको माध्यमबाट पोखराको समग्र विकासलाई ध्यान दिँदै यस क्षेत्रका विपन्न निम्न आय भएका र नव उद्यमशील उद्यमीहरुको आर्थिक वृद्धि तथा समृद्धिको लागि उत्कृष्ट बजार स्थापित गर्न कम्प्लेक्समा मेला आयोजना गरिएको हो ।

 

महोत्सवमा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी गरिएको थियो । मेलामा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, राजु परियार, पशुपति शर्मा, जानकी तारकी मगरका साथै कास्की र गण्डकी चर्चित गायक गायिकाहरुको प्रस्तुति राखेका थिए ।

विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने मेला आयोजना गरिएको हो । साथै मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए ।

३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको थियो । कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पर्किङको सुविधा लगायतका विशेषता छ । कम्प्लेक्स शुभारम्भ एवं दसैंको अवसर पारेर पहिलो सस्तो व्यपार मेला असोजमा भएको थियो ।बास्तोला कम्प्लेक्स माधव बास्तोला, बलराम बास्तोल, उमराज बास्तोला र बाबुराम आचर्याले सञ्चालनमा ल्याएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी