2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उपमहानगरप्रति प्लाष्टिक उत्पादक र व्यवसायी असन्तुष्ट

पोखरा, २८ फागुन । विकल्प नदिई
पोखरा उपमहानगरपालिकाले पोखरालाई प्लाष्टिक झोला र कप मुक्त नगर घोषणा गर्न लागेको भन्दै त्यसको उत्पादन
र कारोवार गर्ने व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।

पोखरामा
रहेर विभिन्न किसिमका प्लाष्टिकका झोला तथा प्लाष्टिकजन्य सामान उत्पादन तथा बिक्री गर्दै आएका
व्यवसायीहरुले छाता संस्था पोखरा उद्योग वाणिज्य संघ समक्ष उपमहानगरपालिकाले नागरिकको लगानी सुरक्षित
नगराएको गुनासो समेत गरे । कुनै एक व्यक्तिले आफू हिरो हुन हचुवाको भरमा प्लाष्टिक मुक्त अभियान चािलएको
भन्दै उनीहरुले त्यसका विरुद्ध आन्दोलन नै गर्ने चेतावनी पनि दिए ।

‘प्लाष्टिक मान्छेको दैनिक जीवनमा प्रयोग हुन्छ, चुरोट, रक्सी बेच्नेलाई नियन्त्रण नगर्ने
राज्य संयन्त्रले हामीलाई किन पेलियो, किन उद्योग बन्द गराउन खोजियो,किन विकल्प दिइएन ?’–प्लाष्टिक
उत्पादकहरुले गठन गरेको संघर्ष समितिका संयोजक परमेश्वर आचार्यले प्रश्न गरे । प्लाष्टिकको पुन प्रयोग
हुनुपर्ने, सफाइमा ध्यान दिँदै व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिकाले ध्यान नदिएको उनले गुनासो गरे
।पोखरामा चारवटा प्लाष्टिक कम्पनी रहेका छन् । तर, उनीहरुको उत्पादनको बजार हिस्सा भने अत्यन्त सानो छ ।
उनीहरुको आशय उपमहामनगरपालिकाले लगानी सुरक्षित गर्ने समय दिओस् भन्ने रहेको छ ।

उनीहको कुरा सुनेपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले लगानीको
सुरक्षाप्रति संघ संवेदनशील भएको बताए । पोखरालाई सफा र सुन्दर राख्नुपर्छ भन्नेमा कसैको द्धिविधा नभएको
जनाउँदै उनले लगानीको सुरक्षाप्रति उपमहागरपालिका संवेदनशील हुनुपर्ने बताए । यसको लागि संघले पहल गर्ने
उनको भनाई थियो । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले लगानीको सुरक्षा र विकल्प दिनको लागि
उपमहागरपालिका तयार हुनुपर्ने बताए । कार्यक्रममा प्लाष्टिक उत्पादकको तर्फबाट हरिप्रसाद कर्मचार्य,
मासु व्यवसायी ज्ञानहरि आचार्य,बिसाल बजार व्यवसायिक एसोसियसनका शिव शर्मा पौडेल,प्लाष्टिक व्यवसायी
परमेश्वर आचार्य लगायतले मन्तव्य राखेका थिए । संघर्ष समितिले आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई