2026-06-29 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रुपातालको किनारमा फागु महोत्सव हुने

शिब न्यौपाने/ फागुन २९, पोखरा
रुपा–तालवेशी महोत्सवको प्रवद्र्धन, स्थानिय उत्पादन, कला र संस्कृतिको संवद्र्धन भन्ने मुल
नाराका साथ छैठौ संस्करणको रुपा तालबेसी महोत्सव हुने भएको छ । विगत ५ वर्षदेखि फागु पूर्णिमाको अवसरमा
रुपाताल किनारमा आयोजना हुदै आएको रुपा तालबेसी महोत्सवको छैठौ संस्करण आगामी चैत्रको ८, ९ र १० गते
रुपातालमा हुने भएको हो ।

स्थानिय सप्तरंगी रंगी क्लव
रुपाकोट १ लेखनाथ १० तालबेसीको आयोजनामा महोत्सवको आयोजना हुने भएको हो । स्थानिय संस्कृतिको जगेर्ना
गर्दै फागुको मौलिकतालाई जगेर्ना गर्नका लागी महोत्सवको आयोजना गर्न लागिएको महोत्सव संयोजक दिल बहादुर
गुरुङले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने उक्त
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुती, लोकदोहोरी, चुड्का, जैविक
विविधतामा आधारित कृषि प्रदर्शनी, रुपातालको माछा तथा रक्तदान कार्यक्रमका साथै स्वर्गीय प्रेम बहादुर
गुरुङ स्मृती भलिवल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, स्वर्गीय गंगा बहादुर गुरुङ स्मृती, छेलो
प्रतियोगिता, रस्साकसी प्रतियोगिता महिला तथा पुरुष र प्रा. वि. स्तरिय हाजिरीजवाफ प्रतियोगिताको आयोजना
हुने भएको छ ।

युनाइटेड क्लवको प्रवद्र्धनमा आयोजना हुने उक्त
महोत्सवमा देवीस्थान गुरुङ आमा समुह रुपाकोट १ ताल बेसीको सह आयोजना रहने छभने देवी स्थान क्षेत्री आमा
समुह, रुपा तालवेसी टोल बिकास संस्था, रुपा ज्योती मावि, रुपाकोट गाविस, रुपाताल पुनस्र्थापना तथा
मत्स्य पालन सहकारी संस्था लिमिटेडको सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ