2026-06-29 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

र्याण्डमको बहसमा प्रश्नहरूको कारखाना

फागुन २९, पोखरा । कवि सरिता तिवारीको कविता सङ्ग्रह
‘प्रश्नहरूको कारखाना’माथि शनिबार पोखरामा चर्चा भएको छ ।

र्याण्डमको रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ६१ औँ पुस्तक परिचर्चा कार्यव्रmममा तिवारीको सो
कृतिको चर्चा गरिएको हो । कृतिमाथि परिचर्चा गर्दै समालोचक तथा लेखक डा. अर्चना थापाले तिवारीको कृति
वर्तमान मूल धारका कविताभन्दा भिन्न रहेको जिकिर गर्नुभयो ।

“तिवारीका कविताहरुमा आवेग, संवेग, आव्रmोश, आत्मनिर्णय, स्वस्वामित्व र स्वअस्तित्वको चेत
प्रशस्तै छन्” थापाले भन्नुभयो, “काव्यिक मर्यादालाई लत्याउँदै सिमाहरू भत्काउने प्रयासमा युद्धको
रक्तिम सौन्दर्यको गुणगान गर्न हिच्किचाउँदिनन् कवि तिवारी ।” प्रत्येक साहित्यिक अभिव्यक्तिमा
प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै न कुनै प्रकारको राजनीतिक विचारधारा हुने बताउँदै अक्षर व्रिmयशनकी
अध्यक्ष समेत रहनुभएकी थापाले स्वच्छन्दवादी कविको कल्पनाशीलता, अनुभूति, संवेग, आवेग र सिर्जनात्मक
हर्षतिरेक अभिव्यक्तिलाई समेत राजनीतिक विचारले प्रभाव पार्ने बताउनुभयो ।

कवि तिवारीले आफ्नो कविताको जरा पोखरा नै रहेको भन्दै पोखरा जहिले पनि आफ्ना लागि ‘भर्जिन’
अनुभूतिको स्थान रहने बताउनुभयो । रचनाको वर्गीय पक्षधरताका पक्षमा बोल्दै तिवारीले संसारका कुनै समाज
वा व्यक्ति पूर्ण रुपमा स्वतन्त्र नहुने भएकाले सिर्जना पनि पूर्ण रुपमा स्वतन्त्र हुनै नसक्ने ठोकुवा
गर्नुभयो । प्रगतिशील लेखक सङ्घ चितवनकी अध्यक्ष समेत रहनुभएकी तिवारीले कृतिमा आफूले वैचारिक कवितालाई
कलाले लेपन लगाउने प्रयास गरेको बताउनुभयो । तिवारीका यसअघि बुद्ध र लाभाहरु तथा अस्तित्वको घोषणापत्र
गरी दुई कविता सङ्ग्रह प्रकाशित छन् ।

सोसाइटीका अध्यक्ष
उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी
चैत २७ गते हुने ६२ औँ शृङ्खलामा अमृत सुवेदीले ब्रजेशको उपन्यास ‘जुनेली’माथि परिचर्चा गर्नुहुने
जानकारी दिनुभयो ।

सचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित
कार्यव्रmममा प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारी, नेपाली लेखक सङ्घ, कास्कीका
पूर्व अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, सोसाइटीका पूर्व अध्यक्षद्वय राजेन्द्र चापागाईँ र गनेस पौडेल,
दीपक पराजुली, मदन भण्डारी, रघुनाथ अधिकारीलगायतले टिप्पणी गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको
अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ