३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

र्याण्डमको बहसमा प्रश्नहरूको कारखाना

२९ फाल्गुन २०७२, शनिबार ११:३२

फागुन २९, पोखरा । कवि सरिता तिवारीको कविता सङ्ग्रह
‘प्रश्नहरूको कारखाना’माथि शनिबार पोखरामा चर्चा भएको छ ।

र्याण्डमको रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ६१ औँ पुस्तक परिचर्चा कार्यव्रmममा तिवारीको सो
कृतिको चर्चा गरिएको हो । कृतिमाथि परिचर्चा गर्दै समालोचक तथा लेखक डा. अर्चना थापाले तिवारीको कृति
वर्तमान मूल धारका कविताभन्दा भिन्न रहेको जिकिर गर्नुभयो ।

“तिवारीका कविताहरुमा आवेग, संवेग, आव्रmोश, आत्मनिर्णय, स्वस्वामित्व र स्वअस्तित्वको चेत
प्रशस्तै छन्” थापाले भन्नुभयो, “काव्यिक मर्यादालाई लत्याउँदै सिमाहरू भत्काउने प्रयासमा युद्धको
रक्तिम सौन्दर्यको गुणगान गर्न हिच्किचाउँदिनन् कवि तिवारी ।” प्रत्येक साहित्यिक अभिव्यक्तिमा
प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै न कुनै प्रकारको राजनीतिक विचारधारा हुने बताउँदै अक्षर व्रिmयशनकी
अध्यक्ष समेत रहनुभएकी थापाले स्वच्छन्दवादी कविको कल्पनाशीलता, अनुभूति, संवेग, आवेग र सिर्जनात्मक
हर्षतिरेक अभिव्यक्तिलाई समेत राजनीतिक विचारले प्रभाव पार्ने बताउनुभयो ।

कवि तिवारीले आफ्नो कविताको जरा पोखरा नै रहेको भन्दै पोखरा जहिले पनि आफ्ना लागि ‘भर्जिन’
अनुभूतिको स्थान रहने बताउनुभयो । रचनाको वर्गीय पक्षधरताका पक्षमा बोल्दै तिवारीले संसारका कुनै समाज
वा व्यक्ति पूर्ण रुपमा स्वतन्त्र नहुने भएकाले सिर्जना पनि पूर्ण रुपमा स्वतन्त्र हुनै नसक्ने ठोकुवा
गर्नुभयो । प्रगतिशील लेखक सङ्घ चितवनकी अध्यक्ष समेत रहनुभएकी तिवारीले कृतिमा आफूले वैचारिक कवितालाई
कलाले लेपन लगाउने प्रयास गरेको बताउनुभयो । तिवारीका यसअघि बुद्ध र लाभाहरु तथा अस्तित्वको घोषणापत्र
गरी दुई कविता सङ्ग्रह प्रकाशित छन् ।

सोसाइटीका अध्यक्ष
उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी
चैत २७ गते हुने ६२ औँ शृङ्खलामा अमृत सुवेदीले ब्रजेशको उपन्यास ‘जुनेली’माथि परिचर्चा गर्नुहुने
जानकारी दिनुभयो ।

सचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित
कार्यव्रmममा प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारी, नेपाली लेखक सङ्घ, कास्कीका
पूर्व अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, सोसाइटीका पूर्व अध्यक्षद्वय राजेन्द्र चापागाईँ र गनेस पौडेल,
दीपक पराजुली, मदन भण्डारी, रघुनाथ अधिकारीलगायतले टिप्पणी गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको
अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग