2026-06-29 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अैाधाेगिक व्यापार मेलामा ५ कराेडभन्दा बढि काराेबार

शिव न्याैपाने/चैत्र २, पाेखरा । लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको
प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला ५ करोडभन्दा बढीको
कारोवार गर्दै सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य
सङ्घको आयोजनामा फागुन २१ गतेदेखि सुरु भएको मेला करिब २ लाख दर्शकले अवलोकन गरेको सङ्घका महासचिव
रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । मेलाको समापन समारोहमा पोखराका शिक्षाविद् जर्ज जोनलाई सम्मान
गरिएको छ ।

त्यस्तै मेलामा उत्कृष्ट ठहरिएका व्यापार
कक्षहरू चम्पा कपडा, व्यापारमा हर्वल फुड्स प्रालि, शीतल जडिबुटी, रेन्वो ह्यान्डीक्राप्mट, एएसबी
अटोमोबाइन्स, श्रीराम नर्सरी, जेनेक्स अटोमेशन प्रालि र इमोन क्याफेलाई सम्मान गरिएको छ । क्यान
इन्फोटेकको सातौँ संस्करण सूचना प्रविधि मेला समेत समावेश गरिएको मेलामा विशेष प्रकारका ७८ वटा सूचना
प्रविधि सम्वन्धी कक्ष सहित ३०६ व्यापार कक्ष राखिएको थियो ।

मेलामा अन्तर उद्योग वाणिज्य सङ्घ लोकदोहोरी प्रतियोगिता तथा ख्याति प्राप्त साङ्गीतिक समूह र
लोक नृत्य लगायत कार्यक्रम गरिएको थियो । समापन समारोहमा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शङ्करप्रसाद
कोइरालाले मेलाबाट उत्पादित वस्तुको बजारीकरणमा सघाउ पुगेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ