2026-11-02 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनको तयारी

चैत २, पोखरा
।

उपराष्ट्रपति पासाङले
सम्मेलनको उद्घाटन गर्ने

 नेपाल मगर बुद्ध सेवा समाजको
आयोजनामा यही चैत्र १३ गते पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ ।

समाजले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे
जानकारी गराएको छ । सो अवसरमा जानकारी दिँदै सम्मेलन आयोजक समितिका संयोजक टीबी पुनमगर ‘रोशन’ले विश्व
शान्तिका अग्रदूत महामानव गौतम बुद्धका दर्शन, साहित्य, संस्कृतिको पुनर्उत्थान र विकास गरी बौद्ध
धर्मावलम्बीहरूबीच एकता तथा अन्य धर्मावलम्बीहरूसँग धार्मिक सद्भाव, सहिष्णुता, आपसी मेलमिलाप कायम
राख्दै विश्व शान्ति स्थापनाका लागि सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । संयोजक पुनमगरका अनुसार
यही चैत्र १३ गतेदेखि सुरु भइ १५ गतेसम्म हुने सो सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् ।
kaski - sajhasabal

पोखरामा चैत्र १३ गते उद्घाटन हुने सो
सम्मेलनको बन्दसत्र पोखरा–३, नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा यही १४ र १५ गते
हुने संयोजक पुनमगरले जानकारी दिनुभयो ।

उपराष्ट्रपति नन्दकिशोर
पुन ‘पासाङ’ले उद्घाटन गर्ने सो सम्मेलनमा देश तथा विदेशबाट गरी करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकको
सहभागिता रहने समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानामगरले जानकारी दिनुभयो । सम्मेलनको
बन्दसत्रमा मगर जाति र बुद्ध धर्म, नेपाल र विश्वमा बुद्ध धर्मको अवस्था, मगर समाजमा बुद्ध विहार,
भिक्षु, गुरुमाहरूको अवस्था र स्थिति, बुद्ध धर्ममा रहेका यानहरूबीचको सम्बन्ध, मगर जातिका संस्कार
कर्महरू आदि विषयहरूमा विभिन्न बौद्ध विद्वान्हरूबाट कार्यपत्र प्रस्तुत हुने अध्यक्ष रानामगरले
बताउनुभयो । अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनलाई सफल बनाउन आफूहरू सक्रियतापूर्वक लागिरहेको जानकारी
दिँदै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले मगर जातिमा धार्मिक र सांस्कृतिक रूपमा
एकरुपता ल्याउन प्रयासरत रहेको बताउनुभयो ।

आयोजकका अनुसार
सम्मेलनको उद्घाटन अघि चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहितको ¥याली सुरु भइ नगर परिक्रमा गर्नेछ भने
सम्मेलनकै अवसरमा प्रकाशित स्मारिका ‘बोधिज्ञान’को विमोचन समेत गरिनेछ । पत्रकार सम्मेलनका अवसरमा नेपाल
मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल मगर बुद्ध सेवा समाज कास्कीका अध्यक्ष सु.
चन्द्रबहादुर मसराङ्गीमगर, सचिव केबी थापामगरलगायतले सम्मेलनलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा
जोड दिएका थिए ।

– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द