2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनको तयारी

चैत २, पोखरा

उपराष्ट्रपति पासाङले
सम्मेलनको उद्घाटन गर्ने

 नेपाल मगर बुद्ध सेवा समाजको
आयोजनामा यही चैत्र १३ गते पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ ।

समाजले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे
जानकारी गराएको छ । सो अवसरमा जानकारी दिँदै सम्मेलन आयोजक समितिका संयोजक टीबी पुनमगर ‘रोशन’ले विश्व
शान्तिका अग्रदूत महामानव गौतम बुद्धका दर्शन, साहित्य, संस्कृतिको पुनर्उत्थान र विकास गरी बौद्ध
धर्मावलम्बीहरूबीच एकता तथा अन्य धर्मावलम्बीहरूसँग धार्मिक सद्भाव, सहिष्णुता, आपसी मेलमिलाप कायम
राख्दै विश्व शान्ति स्थापनाका लागि सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । संयोजक पुनमगरका अनुसार
यही चैत्र १३ गतेदेखि सुरु भइ १५ गतेसम्म हुने सो सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् ।
kaski - sajhasabal

पोखरामा चैत्र १३ गते उद्घाटन हुने सो
सम्मेलनको बन्दसत्र पोखरा–३, नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा यही १४ र १५ गते
हुने संयोजक पुनमगरले जानकारी दिनुभयो ।

उपराष्ट्रपति नन्दकिशोर
पुन ‘पासाङ’ले उद्घाटन गर्ने सो सम्मेलनमा देश तथा विदेशबाट गरी करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकको
सहभागिता रहने समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानामगरले जानकारी दिनुभयो । सम्मेलनको
बन्दसत्रमा मगर जाति र बुद्ध धर्म, नेपाल र विश्वमा बुद्ध धर्मको अवस्था, मगर समाजमा बुद्ध विहार,
भिक्षु, गुरुमाहरूको अवस्था र स्थिति, बुद्ध धर्ममा रहेका यानहरूबीचको सम्बन्ध, मगर जातिका संस्कार
कर्महरू आदि विषयहरूमा विभिन्न बौद्ध विद्वान्हरूबाट कार्यपत्र प्रस्तुत हुने अध्यक्ष रानामगरले
बताउनुभयो । अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनलाई सफल बनाउन आफूहरू सक्रियतापूर्वक लागिरहेको जानकारी
दिँदै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले मगर जातिमा धार्मिक र सांस्कृतिक रूपमा
एकरुपता ल्याउन प्रयासरत रहेको बताउनुभयो ।

आयोजकका अनुसार
सम्मेलनको उद्घाटन अघि चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहितको ¥याली सुरु भइ नगर परिक्रमा गर्नेछ भने
सम्मेलनकै अवसरमा प्रकाशित स्मारिका ‘बोधिज्ञान’को विमोचन समेत गरिनेछ । पत्रकार सम्मेलनका अवसरमा नेपाल
मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल मगर बुद्ध सेवा समाज कास्कीका अध्यक्ष सु.
चन्द्रबहादुर मसराङ्गीमगर, सचिव केबी थापामगरलगायतले सम्मेलनलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा
जोड दिएका थिए ।

– रूद्र श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई