2026-11-02 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोर्क महोत्सवको तयारी पुरा

चैत ३, पोखरा ।
बंगुर ब्यवसायी संघ कास्कीले पोखरामा आयोजना गर्न लागेको दोश्रो राष्ट्रिय पोर्क महोत्सवको
सम्पूर्ण तयारी पुरा भएको छ । बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन
गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना गर्न लागिएको पोर्क महोत्सवको सम्पूर्ण तयारी पुरा
भएको आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

मंगलबार बुद्धचोकमा रहेको नमस्ते कोरियन रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार सम्मेलनमा
वोल्दै बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापा मगरले बंगुर ब्यवशाय गर्ने किसान र
बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धनका लागी आयोजना गर्न लागिएको पोर्क फेस्टिभलको सम्पूर्ण तयारी
पुरा भएको वताएका हुन ।

park mahotasab

आगामी
चैत्र ५ देखि ७ गते सम्म पोर्क स्वस्थ सेतो मासु भन्ने मुल नाराका साथ पोखरा रंगशालामा सञ्चालन हुने
महोत्सवमा बंगुर ब्यवशायलाई प्रवद्र्धन गर्ने खालका ५० वटा स्टल रहने छन । स्टलमा विशेष गरी बंगुरको
मासुबाट बन्ने परिकारहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ १० वटा रेष्टुरेन्टहरु रहने महोत्सव संयोजक
तथा बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापाले वताए । बंगुर ब्यवशाय र बंगुरको मासुलाई
आम जनमानसमा हेर्ने दृष्टीकोण अझैपनि नकारात्मक रहेको र नेपालका रेष्टुरेन्टहरुमा बंगुरको मासुका
परिकारलाई समेटन नसकिरहेको अवस्थामा महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने थापाको भनाइ रहेको थियो
।

पोर्क महोत्सवमा पशु चिकित्सक ( मासु निरीक्षणको प्रमाणपत्र
प्राप्त ) डाक्टरद्धारा प्रमाणित गरिएको बंगुरको मासुको बिक्री बितरणका साथै बगुरका परिकारमा समेत
प्रमाणित गरिएको मासुको प्रयोग गरिने समेत थापाले वताए ।

बंगुरका मासुका पारखीहरुलाई पशु चिकित्सक ( मासु निरीक्षणको प्रमाणपत्र प्राप्त )
डाक्टरद्धारा प्रमाणित गरिएको स्वस्थ मासुको प्रयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागी
महोत्सवमा पशु चिकित्सकद्धारा प्रमाणित गरिएको बंगुरको मासुबाट बन्ने परिकारलाई मात्र स्थान दिएको उनको
भनाइ रहेको थियो । महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा,
ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन
पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन
।

महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म,
उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका
वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको
प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको
मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा
प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री,
बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका
संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, विभिन्न जातजातिका झाकी तथा ¥याली प्रतियोगिता
विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक
तथा दोहोरी गीत, नृत्य, संगित, कन्सर्ट तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।

त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास
गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध
गराउनको लागि बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्धारा निरिक्षण गर्ने परिपाटिको बिकास गर्ने,
बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रीकरणका लागि प्रोत्साहन गर्न, पोर्कका
विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेस गर्न प्रोत्साहन गर्नका लागी महोत्सवले उल्लेख्य
भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

पोखरा लाइभस्टक प्रा. लि.
बंगुर फार्मको मूख्य प्रायोजन, बंगुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेडको प्रायोजन तथा क्षेत्रिय बंगुर
ब्रिडर समूहको सहप्रायोजनमा हुने महोत्सवमा नेपाल सरकार, पशुपंक्षी बिकास मन्त्रालय पशु सेवा विभाग, पशु
उत्पादन निर्देशनालय, केन्द्रिय बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यालय, पशुपंक्षी बजार प्रबद्र्धन
निर्देशनालय, क्षेत्रिय पशु सेवा निर्देशनालय, ब्यवशायिक कृषि तथा ब्यापार आयोजना, जिल्ला पशु सेवा
कार्यालय कास्की, युके एड, सिप्रेड/सामर्थको सह आयोजना रहने छ भने पोखरा उपमहानगर पालिका, जिल्ला बिकास
समिती कास्की, लेखनाथ नगरपालिका, क्षेत्रिय खेलकुद बिकास समिती पोखरा , जिल्ला खेलकुद बिकास समिती
कास्की,े सहयोेग रहने छ । महोत्सवमा बंगुर ब्यवशायी संघ नेपालको विशेष सहयोग रहने भएको छ । महोत्सवको
चैत्र ५ गते सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नेछन ।


– गिता राना मगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द