2026-07-24 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सागमा पोखराबाट सहभागी खेलाडिलाई सम्मान गरिने

चैत ४, पोखरा । गत
महिना भारतमा सम्पन्न १२ औ दक्षिण एशियाली खेलकुदमा कास्कीबाट सहभागी खेलाडिलाई शुक्रबार पोखरामा नगद
सहित सम्मान गरिने भएको छ ।

पोखरा उपमहागनरपालिकाको तत्वाधान,
क्षेत्रिय खेलकुद विकास समितिको संयोजन र कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सागमा पोखराबाट
सहभागी ६ खेलाडि र २ प्रशिक्षकलाई जनहि नगद १० हजार, सम्मापनप सहित सम्मान गरिने कास्की जिल्ला खेलकुद
विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

१२
औ सागमा फुटबलका हेमन गुरुङ र मनबहादुर गुरुङ सहभागी भएका थिए । फुटबलमा नेपाले स्वर्ण पदक जितेको थियो
। त्यस्तै उसुमा पोखरेली खेलाडि झरना गुरुङ सहभागी हुदै रजत पदक जित्न सफल भएकी थिइन् भने भलिबलमा मन्जु
गुरुङ, अरुणा शाही र मनिषा चौधरीले सहभागी भएका थिए । भलिबलमा नेपाले कास्यपदक जितेको थियो ।

१२ औ सागमा सहभागी उसुका प्रशिक्षक अरुण दत्त र भलिबल प्रशिक्षक कौशिला
खत्रीलाई पनि सम्मान गरिने छ । पोखराबाट सागमा सहभागी भएर पदक जिताउन भुमिका खेलेका खेलाडिको हौसला थप्न
सम्मान कार्यक्रम आयोजना गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुले बताए

पोखराको पार्दिस्थित पर्यटन बोर्डको हलमा आयोजना हुने
कार्यक्रममा दुई वर्षपछि नेपालमा हुने १३ साग पोखरामा गर्ने बारे छलफल समेत हुने भएको छ । आगामी सार्क
पोखरामा गर्न पोखरा तयार छ भन्ने सन्देश दिने गरि यहाँ रहेका विभिन्न संघसंस्था, उद्योगी, पर्यटन
ब्यवसायी, होटल संघ, पत्रकार, सुरक्षा निकाय लगायतलाई प्रमुखलाई कार्यक्रममा आमन्त्रण गरिएको कास्की
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

पोखरा साग खेलकुद गराउन सक्षम रहेको अहिले पोखरामा भैरहेको सार्क मन्त्रीस्तरीय बैठकले पनि
पुष्टि गरेको छ, त्यसैले १३ औ साग गर्ने बारे हामीले अहिल्यै देखि छलफल सुरु गर्न लागेका हौ पश्चिमाञ्चल
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक