कमल सुबेदी/मङ्सिर १९, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाही नगरी शव नबुझ्ने बताएका छन् ।  

दोषिला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/मङ्सिर १९, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाही नगरी शव नबुझ्ने बताएका छन् ।  

दोषिला"/>

2026-09-19 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दोषिलाई कारबाही नगरेसम्म शव नबुझ्ने मृतकका आफन्तको भनाई


कमल सुबेदी/मङ्सिर १९, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाही नगरी शव नबुझ्ने बताएका छन् ।  

दोषिलाई प्रहरीले पक्रन नसकेकोमा आफन्तहरु आक्रोशित समेत बनेका छन् । माझठाना ४ बित्यानी स्थायी घर भइ हाल पोखरा १८ छिनेडाडा बस्ने १९ बर्षिय असिम गुरुङलाई आज विहान ६ बजे बुद्धचोकबाट पृथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग २ प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर ज्यान गएपछि आफन्तहरु शोकमा डुबेका छन् । 

दुर्घटनामा गम्भिर घाईते उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ७ बजेर १० मिनेटमा ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकल पछाडि बस्ने रोशन गुरुङ घाइते भएका छन् । आफन्तले जानाकारी दिए अनुसार  पोखरा युनाइटेडमा कक्षा १२ मा अध्ययन गर्ने असिम कलेज आउदै थिए । 

ठक्कर दिने ट्रक र सवारी धनि लाई नियन्त्रणमा लिएपनि चालक  भने  अझै  फरार रहेको प्रहरीले जनाएको छ । यता भने मृतकका आफन्तले दोषिलाइ कारबाही हुनुपर्ने माग सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन् । दोषिलाइ अभिलम्व कारवाही  गरि क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग राखेका छन् । 

शवलाइ पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रिय अस्पलातमा  राखिएपनि मृतकका  आफन्तले शव नबुझ्दा पोष्टमार्टम हुन नसकेको  प्रहरीले जानाकारी दिएको छ । खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजि भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई