२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रात्रीकालीन व्यवसाय २४ सै घण्टा चल्नुपर्नेमा सहमति

२०७२, ७ चैत्र आईतवार १८:०८

शिव न्यौपाने । चैत ७, पोखरा ।  पोखराको रात्रीकालीन व्यवसायलाई व्यवस्थित गर्न तथा
सुरक्षा प्रदान गर्ने विषयमा सरोकारवालाहरु एकमत भएका छन् । पोखरा उद्योग वाणिज्य संघको पहलमा आइतबार
कास्कीका प्रहरी प्रमुख, रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेवान) पोखरा,सिटी रेवान, दोहोरी रेष्टुरेण्ट
संचालकहरुबीच भएको छलफलले सो निष्कर्ष निकालेको हो । सो छलफल कार्यक्रमको अध्यक्षता पोखरा उद्योग
वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षाको कारण देखाउँदै रात्रीकालीन व्यवसाय राती १० बजे
बन्द गराउने निर्णय गरेपछि व्यवसाय संचालकहरुले असन्तुष्टी जनाएका थिए । सोही समस्या समाधानको लागि
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पर्यटकीय नगरी पोखरामा पर्यटकहरुको सुविधालाई
ध्यान दिँदै रातको समयमा गरिने व्यवसायको समयावधी बढाउनु पर्ने बताएका थिए ।

त्यस्ता व्यवसाय संचालन गर्नेहरुले कानूनको पालना गर्नु पर्ने तथा शान्ति सुरक्षाको
अवस्था मजबुत बनाउन सघाउनु पर्नेमा आफू सहमत भएको उनको भनाइ थियो ।छलफल कार्यक्रमका बोल्दै कास्कीका
प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले पर्यटकीय नगरीका रेष्टुरेण्ट र होटलहरु २४ सै घण्टा
चल्नुपर्नेमा आफू सहमत रहेको बताए । उनले त्यस्ता व्यवसाय संचालन गर्दा शान्ति सुरक्षामा खलल पु¥याउन
भने नपाइने र कानूनको पालना हुनुपर्ने अडान राखे । पोखरामा भर्खरै सम्पन्न मिनी सार्क सम्मेलनलाई हेरेर
दोहोरी र डान्स रेष्टुरेण्टहरुलाई १० बजे समयसीमा तोकिएको बताउँदै उनले समय हेरफेर गर्न आफू तयार रहेको
बताए । डान्स, दोहोरी र लाइभ म्युजिकसहितका व्यवसाय संचालकहरुले अनिवार्य रुपमा साउण्ड प्रुफ हल बनाउनु
पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै रेवान पोखराका
अध्यक्ष गोपी भट्टराईले राज्यको आग्रह मान्न व्यवसायीहरु तयार रहेको बताउँदै पर्यटकीय नगरी भएकाले
यहाँका व्यवसायहरु रातभर संचालन गर्नुपर्ने धारणा राखे । सिटी रेवानका अध्यक्ष केपी शर्माले रात्रिकालीन
व्यवसाय गर्दा साउण्ड प्रुफ हल बनाउनको लागि केही समय दिनुपर्ने धारणा राखे । छलफलमा पोखरा उद्योग
वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर
प्रजु, उपमहासचिव प्रकाशदेव पालिखे, कोषाध्यक्ष दीलिपराज श्रेष्ठ लगायतको सहभागिता थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट