2026-07-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हितानलाई जीबसिम, खपाङ्गीलाई हितान पुरस्कार

gore khabadurचैत ९, पोखरा । मगर
भाषाका आदिकवि जीतबहादुर सिंजालीमगरको नाममा स्थापित मगर आदिकवि जीतबहादुर सिंजालीमगर साहित्य
प्रतिष्ठान, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको मगर साहित्य विधामा दिइने सर्वाधिक राशिको
राष्ट्रिय पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७१’बाट वेदान्त कविरत्न रूद्रबहादुर थापामगर (हितान)
सम्मानित हुनुहुने भएको छ ।

यही चैत्र २१ गते
काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा वेदान्त कविरत्न ५० हजार रुपैयाँ नगद र सम्मानपत्रद्वारा
सम्मानित हुनुहुनेछ । कास्कीको पोखरा–७, एयरपोर्टनिवासी वेदान्त कविरत्न थापा विगत ३२ वर्षदेखि साहित्य
र २७ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । वेदान्त कविरत्नका नेपाली भाषामा दुई वेदान्त
काव्यसहित चार र मगर भाषामा गीति काव्यसहित दुई साहित्यिक कृति प्रकाशित छन् ।

samip baraili

्रत्यस्तै, ‘जीबसिम नवप्रतिभा साहित्य
पुरस्कार–२०७१’बाट मिरुल–५, दाइपो, रोल्पाका युवा साहित्यकार समीप वैरागी (टंकबहादुर झाँक्रीमगर)
सम्मानित हुनुहुने भएको छ । वैरागी १० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित हुनुहुनेछ

्रत्यसैगरी, नेपाल मगर संघका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री
गोरेबहादुर खपाङ्गीमगरलाई ‘जयबहादुर हितानमगर स्मृति पुरस्कार–२०७१’बाट सम्मानित गरिने भएको छ ।
पूर्वमन्त्री खपाङ्गीलाई २० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरिनेछ । कार्यक्रमका अवसरमा
नेपालकै पहिलो महिला सभामुख ओनसरी घर्तीमगर ‘उषा’लाई पनि विशेष सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष
सञ्जोग लाफा मगरले जानकारी दिनुभयो ।

rudha hitan magar

रूद्रबहादुर श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक