प्रेम सुनार | मंसिर–२२, गुल्मी ।  अध्याधुनिक शैलीमा सुविधा सम्पन्न नवनिर्मित भवनमा सरेको पनि झण्डै एक वर्ष हुन लाग्यो गुल्मीको जिल्ला प्रशासन कार्यालय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | मंसिर–२२, गुल्मी ।  अध्याधुनिक शैलीमा सुविधा सम्पन्न नवनिर्मित भवनमा सरेको पनि झण्डै एक वर्ष हुन लाग्यो गुल्मीको जिल्ला प्रशासन कार्यालय "/>

2026-07-09 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ औँ सताव्दीको भवनमा १६ औं सताव्दीको तगारो


प्रेम सुनार | मंसिर–२२, गुल्मी ।  अध्याधुनिक शैलीमा सुविधा सम्पन्न नवनिर्मित भवनमा सरेको पनि झण्डै एक वर्ष हुन लाग्यो गुल्मीको जिल्ला प्रशासन कार्यालय । तर माथी भवन तिर नजर नलगाउने हो भने प्रवेशद्धार गाउँको कुनै सानो झुपडीमा पसे जस्तो महशुस हुन्छ ।

तिन वटा वाँसको गरालोमा तगारो बनाईएको छ  । जस्तो तगारो अहिले गाउँका झुपडीमा पनि अशोभनिय मान्न थालिएको छ ।  प्रशासन अगाडी पुग्नेहरुले ब्याङ्ग गर्दै भन्ने गरेका छन् २१ औं सताव्दीको यो सुन्दर भवन अगाडी १६ औं सताव्दीको यो कुरुप तगारो हेर्नुस् त ।’

यस अघिको वर्षऔं पुरानो भवनमा  सुन्दर फुलहरुले सजिएको गेट थियो । जसले तत्कालिन जिल्ला प्रशासन र माथी रेसुङ्गाको लेकलाई निकै शोभा बढाएको थियो ।  अहिले भुस्याह कुकुर भित्र वाहिर गर्ने गरेका छन् । प्रहरीको आँखा छल्न सके कार्यालय भित्रको समाग्री हराउन सक्ने अवस्था यसका कारणले पनि छ कि पछाडी पट्टी पनि बाँसकै गरालोको भरमा कम्पाउण्ड रहेको छ । 

यस्तो अवस्थामा कहिले बन्छ त भवन अनुसारकोे तगारो ? भनेर हामीले  का.मु. प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रशासकिय अधिकृत भक्तीराम मरासीनी संग जिज्ञाषा राख्दा उनले भने खै मलाई पनि थाह छैन, कहिले बन्ने हो भन्ने जवाफ दिए । 

उनले थपे – ‘गेट बनाउन त पर्ने हो तर पैसा छैन , समस्या यहि हो । ’ भवन बनाउने ठेकेदारले गेट समेत निर्माण गरी दिने सम्झौता थिएन र ? भन्ने प्रश्नमा उनले त्यो नभएको बताए । 

माथिको तश्विरमा: जिल्ला प्रशासनको तगारो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो