2026-06-30 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामो समयको पर्खाईपछि अन्ततः पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्ने भयो

शिव
न्याैपाने/चैत ९,  पाेखरा ।
  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हिजो
विमानस्थल निर्माण सम्बधी अनुदान र ऋण तथा निर्माण प्रक्रियाबारे सम्झौता भएपछि ४० वर्षअघिदेखिको
पोखरेलीको सपना साकार हुने पक्का भएको हो ।
सोमबार बिहान बेइजिङको ग्रेट हल अफ दी पिपुलमा अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीवीच
विमानस्थल सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि
२०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो भने गतवर्षदेखि थप ६ सय २९ रोपनी जग्गा
अधिग्रहणको काम पनि भैरहेको छ ।
यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ ।
यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान र अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को
अन्त्यमा सम्पन्न गर्ने लक्ष्य छ ।
ऋण सम्झौता हुन नसक्दा अहिलेसम्म निर्माण सुरू नै नभएकाले तोकिएको समयमा
निर्माण हुने संभावना भने कम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ