अर्का ८० वर्षियले पनि २६ वर्षियाई विहे गरेर सन्तान जन्माए <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्का ८० वर्षियले पनि २६ वर्षियाई विहे गरेर सन्तान जन्माए <"/>
2026-10-28 03:06 AM
काठमाडौँ - KTM

८८ वर्षको उमेरमा प्रेम विवाह,औधी सुखत दाम्पत्य जिवन

अर्का ८० वर्षियले पनि २६ वर्षियाई विहे गरेर सन्तान जन्माए 

 प्रेम सुनार | मंसिर–२४, गुल्मी । प्रेम र विवाहलाई उमेरले छेक्दैन, रोक्दैन भन्ने कुराको पछिल्लो उदाहरणका पात्र हुन घमिरका एक जना बृद्ध ।   घमिर गाविस वडा नम्वर ३ का पुर्णबहदुर मगरले ८८ वर्षको उमेरमा गरेको प्रेम विवाह निकै सफल र सुखद् बनेको छ । 

विसावाईसे उमेरका ठिटाठाटीको भन्दा उहाँकी ७० वर्षिय पत्नी शिवकुँवरी संगको दाम्पत्य जिवन कम छैन् । चाहे त्यो आपसमा जिस्कीने कुरामा होस वा भविश्यको वारेमा सोच्ने कुरामा होस् उनिहरुको गुनगुन् चलिरेकै हुन्छ अल्लारे उमेरका बुढाबुढीको जस्तै । 

उमेर ८८  नाघेर ८९ वर्षमा पाईले टेके पनि सानो गाँठीका मगर बृद्ध रातो पिराउँदो मुहारले तन्नेरी जस्तै देखिन्छन् । भारतिय सेनाका पेन्सनवाला हुन् उनि । जेठी पट्टीका  चार छोरा र चार छोरी मध्ये जेठा छोरा र  जेठी छोरीको उमेर ६० नाघेको छ ।  हँसीला फरासीला र ठट्टालु स्वभावका उनलाई अझै पनि सन्तान जन्माउने ईच्छा छ कि  ? भनेर जिस्कीउँदा  जन्मे के फरक प¥यो त भन्ने ठट्टालु जवाफ दिन्छन् ।

आज भन्दा २२ वर्ष अघि पेन्सन निस्केका उनि श्रीमतिको मृत्यु भए पछि  एक्लो हुनु  प¥यो । उता  हालकी उनकी श्रमतिले पनि  श्रीमान गुमाउनु प¥यो । अन्ततः गाउँमा  ति दुई एक्लाहरुको आ–आफ्नो पत्नी वियोग  र पति  वियोगको पिडामा वसेको धेरै बर्ष पछि हिउँपेउँ बढ्दै जान थाल्यो । दुवै एक्लाहरुको हेउपेउ र मिलनलाई उनीहरुका सन्तान भाई बन्धुहरुले पनि समर्थन गर्न थाले ।

फलतः एउटा यस्तो गितको बोल –‘  हे….बल्ल भेट भयो जुनको र ताराको, दुबै कर्महाराको… भने जस्तै दुवैको भेट भयो ८८ र ७० वर्षको उमेरमा नव वेहुला र वेहुलीको रुपमा । यो संयोगलाई गाउँवासीले निकै सराउँदै आएका छन् । त्यसलाई अनौठो प्रेम विवाहका रुपमा गाउँवासीले चर्चा गर्ने गरेकाछन् ।

विद्याताले  एकल बनाए पनि सधै एकल भएरै बस्नु पर्छ भन्ने पुरानो मान्यतालाई पनि तोडेको छ । यो बुढेशकालमा दुवैले  जोडी पाएका छन् । निकै खुशी छन् श्रीमान श्रीमति दुवैले दाउरा–घाँस मेला–पात सवै काम गर्न सक्छन् ।

लोकल कुखरा, खसी बोका र  दुधाले भैसी पालेका छन् । माछा मासु, सागपात , दुध दही नटुटे पछि थप रातो पिराउँदो बन्दै गएका छन् । अहिले त्यो उमेरमा उनिहरुमा विसावाईसे उमेरको बैश फर्केको छ । 

कुनै समय थियो र किनै कट्टर समुदाय थियो । जति वेला १३ वर्षको उमेरमा विधुवा बनेकी वालिका जिवनको अन्तिम काल सम्म विधुवानै बसेर सारा जिवन उसै मृतक पति देवको सत्धर्ममा अर्पण गर्नु पर्दथ्यो । तर अहिले कुनै त्यस्तो कट्टर समुदाय छैन जसले महिलालाई बैश उमेर देखि मर्ने बृद्ध उमेर सम्म विधुवा नै वस भन्न सकोस ।

छिमेकी जिल्ला अर्घाखाँचीमा २४ वर्षको उमेरमा विधुवा बनेकी एक व्राम्हण समुदायकी महिलाले यो समाचारदातालाई पटक पटक फोन गरेर म जस्तै एकल भएका पुरुषहरु कोही छन भने छानेर विवाह गराई दिन आग्रह गरी रहिन् । दाजु , यो उमेरमा उसैको मृतआत्मालाई कुरेर बस्न सकिदो रहेन छ एउटा खोजि दिनु प¥यो तपाई मेरो दाजु बनेर भने पछि उनलाई त्यस्तै संयोग मिल्यो । 

अन्ततः पुर्व श्रीमानको मृत्युको एक बर्ष पछि उनले दोश्रो विवाह गरेर हालै सुखत नवदाम्पत्य जिवनमा फर्किएर  विर्सी सकेको हाँसो ओठमा निकालेकी छिन् । उनि शिक्षित व्राम्हण समुदायकी चेली हुन । उनलाई माईतीजनले पनि रोकावट गरेनन् ।

८० वर्षमा २६ वर्षिया संग विहे गरेर जन्मियो सन्तान

यता गुल्मीकै रेसुङ्गा नगरपालिका ८० वर्षिय नामबहादुर बिक  ( नाम परिवर्तन ) ले २६ वर्षिया युवती संग  विवाह गरेर त्यो उमेरमा छोरी जन्माएका छन् । मृतक  पुर्व पत्नीका छोरा छोरीहरु शिक्षित र  विभिन्न क्षेत्रमारहेको भन्दै उनिहरुको ईज्जतमा दाग लाग्ने भन्दै बिकले आफ्नो नाम गोप्य राख्न चाहे ।

घमिरको ८९ वािर्षय पुर्णबहादुर मगरले भने बुढेशकालको त्यो मिठो मिलनलाई शौभाग्यका रुपमा लिदै खुलेर सञ्चार माध्यममा बोल्न चाहे । उनले आफु सय बर्ष भन्दा पनि अरु धेरै वर्ष बाँचेर दाम्पत्य जिवनलाई सुखत बनाई रहने अठोट गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला