2026-06-30 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा कपको विजेतालाई ५ लाख ५५ हजार

चैत १९, पोखरा ।
पाँचौ संस्करणको पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ

आयोजक कास्की जिल्ला फुटबल संघले विहिबार पोखरामा प्रतियोगिता
बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी बृद्धि गरिएको जानकारी दिएको हो । विजेताले
नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

चौथो संस्करणमा ३ लाख ५५ हजार रुपैयाँ रहेको पुरस्कार राशीमा यस पटक १ लाख ४५ हजार
बृद्धि गरि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पु¥याइएको एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले
जानकारी दिए ।

त्यस्तै उपविजेताले नगद २ लाख ५५ हजार ५ सय ५५
रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । चौथो संस्करणको उपविजेताले २ लाख १ हजार प्राप्त
गरेको थियो यस पटक ५४ हजार रुपैयाँ बृद्धि गरिएको अध्यक्ष लामिछानेले बताए ।

प्रतियोगिता चैत ३० देखि बैशाख ११ गतेसम्म पोखरा रगंशालामा गर्ने तयारी गरिएको एन्फा
उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा थ्रि स्टार, मनाङमस्याङर्दी, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको
(एपिएफ), झापा ११, धरान ११, रुपन्देही ११, सिमरा ११ र पोखरा ११ सहभागी हुने पक्का भएको एन्फा कास्कीले
जनाएको छ । प्रतियोगितामा सहभागी हुने दुई विदेशी टिम बारे कुराकानी भैरहेको भएपनि निश्चित नभएको
अध्यक्ष लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ