कमल रावल | मंसिर २५, अछाम | नेकपा एमाले लुग्राको गाउँ कमिटी बैठक बिभिन्न निर्णय गदै सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष दल बहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा एम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | मंसिर २५, अछाम | नेकपा एमाले लुग्राको गाउँ कमिटी बैठक बिभिन्न निर्णय गदै सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष दल बहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा एम"/>
2026-08-29 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमाले अछामद्वारा ४ महिने गाउँ जनपरिचालन अभियान चलाउँदै

कमल रावल | मंसिर २५, अछाम | नेकपा एमाले लुग्राको गाउँ कमिटी बैठक बिभिन्न निर्णय गदै सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष दल बहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अथिती कुवरले अहिलेको संबिधान संशोधन गर्नु भनेको बिना मौसमको बादल भएको बताउनु भयो ।

विदेशीको इशारामा संविधान संशोधन देश बिद्रोहीले गर्न लागेकाले यो प्रस्ताव देश भक्त नेपाली जनतालाई कुनै पनि हालतमा मान्य नहुने कुँवरले दावी रहेको थियो । बैठकका विशिष्ट अथिती प्रदेश नम्बर ७ का सदस्य मिना साउँद लगाएतका नेता कार्यकर्ताले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । यस्तै नेकपा एमालेका प्रदेश कमिटि सदस्य भैरे कामीले एमालेले देशको राष्ट्रियतालाई जुनसुकै मूल्य चुकाएर पनि जोगाउने बताउनु भएको छ । अहिलेको सरकारले देशलाई नै दीर्घकालिन रुपमा अहित हुने गरी संविधान शंशोधन प्रस्ताव पेश गरेको र यो आम देशप्रेमी नेपालीलाई मान्य नभएको सडक र सदमा प्रमाणित भैसकेको उहाँले बताउनु भयो ।

एमाले मंगलसैन नगरपालिका वडा नम्बर ६ र ७ को संयुक्त विस्तारित बैठकमा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले एमालेको जनपरिचालन अभियान सफलतापूर्व अघि बढीरहेको र एमालेप्रति जनताको आकर्षण बढीरहेको बताउनु भयो । वडा कमिटि अध्यक्ष तोरण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि एमाले जिल्ला सचिव यज्ञ बोगटीले सबै कार्यकर्ता एक्यबद्ध भई पार्टी सुदृढ गर्दै अघि बढ्न आव्हान गर्नुभयो । कार्यक्रममा एमाले जिल्ला सदस्य प्रभुनाथ भण्डारी, गंगा कामी, क्षेत्रीय सदस्य टंकप्रसाद भण्डारी, भावना विक, सल्लाहकार प्रेम थ्यायत, पूर्व उपाध्यक्ष खड्के कामी, नगर कमिटि सचिव चन्द्रप्रसाद भण्डारी लगाएतको सहभागिता रहेको थियो ।

यस्तै नेकपा एमाल तोली गाउ कमिटिको विस्तारित बैठक सम्पन्न भएको छ । गाउ कमिटि अध्यक्ष पहल सुनारको अध्यक्षतामा सञ्चालित बैठकमा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष नन्द बहादुर कडायत प्रमुख अतिथि रहनुभएको थियो । बैठकमा तोली गाविसमा एमालेको वर्तमान अवस्था, आगामी रणनीति लगायतका विषयमा वडागत रुपमा रिपोर्टिंग गरिनुका साथै पार्टीको गाउ अधिवेशन आगामी पौष २३ गर्ने निर्णय गरिएको छ । एमालेको जनपरिचालन अभियान अन्तर्गत अछामका विभिन्न गाविसमा भईरहेको गाउ स्तरीय विस्तारीत बैठक अन्तर्गत बैठक संचालन गरिएको हो । बैठकमा जिल्ला सचिवालय सदस्य एवम् ईलाका नं. १० का ईन्चार्ज टेक बहादुर शाही, जिल्ला सदस्य भीम बहादुर विष्ट, ,क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष सुरेन्द्र बहादुर शाही, जिल्ला सल्लाहकार सदस्य दिपक बोगटी, सम्पती रावल, क्षेत्रीय सदस्य बखत कडायत, तारा कडायत, अनेमसंघ जिल्ला अध्यक्ष लक्ष्मी बोगटी, बुद्धिजीवी योगेन्द्र विष्ट लगाएतको सहभागिता रहेको थियो ।

यस्तै नेकपा एमाले गाउँ कमिटी बाब्लाको भेला सम्पन्न भएको छ । संविधान कार्यान्वयनका लागी सञ्चालन गरेको ४ महिने जनपरिचालन अभियान अन्तर्गत गाविसमा भेला गरिएको हो । तारा कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला सदस्य लाल बहादु खड्का प्रमुख अथिती र सागर बाब्ली विशिष्ट अतिथी रहनु भएको थियो । भेलामा क्षेत्रिय सदस्य भुपेन्द्र महता, सल्लाहकार समिती सदस्य रुप बहादुर कुँवर, ईलाका नम्बर ३ का अध्यक्ष टेक बहादुर बटाला लगाएतका नेताको सहभागिता रहेको थियो ।यस्तै नेकपा एमाले गाउँ कमिटी ढकारीको बैठ पनि सकिएको छ । मान बहादु बुढाको अध्यक्षतामा भएको बैठकले नेकपा एमालेले संविधान कार्यान्वयनका लागी सञ्चालन गरेको ४ महिने जनपरिचालन अभियान सफल पार्न सहयोग गर्ने, गाउँ अधिवेशन गर्ने लगाएतका निर्णय गरेको छ । बैठकमा जिल्ला सल्लाहकार समिती सदस्य लक्षीराम भण्डारी, क्षेत्रीय सदस्य राज बहादुर शाही लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ