2026-11-02 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको लागि विभिन्न उपसमिति गठन

चैत २३, पोखरा । बैंशाख १ गते
हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास कार्यक्रमको लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा मंगलवार सम्पन्न छलफलबाट उपसमिति गठन गरिएको हो
।

विमानस्थल शिलान्यासको लागि यसअघि गठित मुल समितिको माताहातमा
रहने गरी १४ वटा उपसमिति गठन गरिएको हो । जस अनुसार स्वागत तथा अतिथि सत्कारमा पोखरा उद्योग वाणिज्य
संघ, नागरिक परिचालनमा पोखरा उपमहानगरपालिका, प्रचारप्रसारमा पत्रकार महासंघ कास्की, सास्कृतिक भेषभुषा
र वाजागाजामा पोखरा पर्यटन परिषद्, र्यालीमा नगर महिला समन्वय समितिलाई संयोजक तोकिएको छ ।

त्यस्तै मञ्च व्यवस्थापनमा आयोजना कार्यालय, लेखनाथको नागरिक परिचालनमा
लेखनाथ उद्योग वाणिज्य संघ, निर्माणस्थल वरपरका वडाको स्थानिय परिचालन, सुरक्षा व्यवस्थापनमा नेपाल
प्रहरी, आपतकालिन लगायत अन्य सेवाको लागि जिल्ला प्रशासन कार्यालय, पत्राचारको लागि पोखरा उद्योग
वाणिज्य संघका समन्वयमा होटलसंघ लगायतका संस्था, अन्य जिल्ला समन्वयमा आनन्दराज मुल्मी, गाउ समन्ययमा
जिल्ला विकास समिति र यातायात व्यवस्थापनको लागि यातायात सम्बन्धि संघसंस्थालाई संयोजक तोकिएको छ
।

विमानस्थल शिलान्यसको मिति तय गर्न यसअघिचैत्र १८ गते वसेको
बैंठकबाट उच्चस्तरिय सहयोग समितिका संयोजक सांसद रविन्द्र अधिकारी मुल समितिको संयोजक रहेको समिति गठन
, 2, 19, 2गरिएको थियो । समितिका संयोजक अधिकारीले सबै उपसमितिले आ आफ्नो जिम्मेवारी कुशलताको साथ पूरा गर्ने
विश्वास ब्यक्त गरे । समितिका संयोजक संस्था एबं ब्यक्तिहरुले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्दै
शिलान्यास समारोहलाई भव्य वनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै सम्पूर्ण राजनितिक दलका प्रमुख एबं प्रतिनिधिहरुले शिलान्यास कार्यक्रम सफल पार्न आ
आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । छलफलमा सहभागिहरुले सबै पार्टी, संघसंस्था
र क्षेत्रको सहभागि हुने गरी शिलान्यास कार्यक्रम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द