2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आर्थिक अधिकार नहुँदा समस्या –एकल महिला

चैत २४, पोखरा । एकल महिलाइ पर्याप्त आर्थिक अधिकार नहुँदा समस्या
भोग्नुपरेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागि महिलाले बताएका छन् ।

मानव अधिकारक लागि महिला, एकल महिला समुह पश्चिमाञ्चलले आयोजना गरेको २ दिने क्षेत्रीय
कार्यशाला गोष्ठिमा सहभागि महिलाले सो कुरा बताएका हुन् । नाबालक छोराको नाममा सम्पत्ति राख्ने तर एकल
महिलालाई विश्वास नगर्ने परिपाटिले व्यवसायिक रुपमा एकल महिला अघि बढ्न समस्या भएको उनीहरुले गुनासो
गरेका थिए ।
nnewsकार्यक्रममा एकल महिला समुह गुल्मिका सचिव सिता पन्थीले शहर बजारको
तुलनामा ग्रामिण भेगका एकल महिलामा सामाजिक, आर्थिक, एवं सांस्कृतिक हिंसा बढि हुने गरेको बताउनु भयो ।
त्यसै गरि म्याग्दीका अध्यक्ष विमला गौचनले एकल महिला सशक्त हुने क्रम बढ्दै गएपनि आफ्नो अधिकार पूर्ण
रुपमा उपभोग गर्ने वातावरण बनिनसकेको बताउनु भयो ।


कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्किका प्रमुख लक्ष्मी जि.सीले एकल महिला
राहत कोष, लैगिंक हिंसा न्यूनिकरण कोष, संकटापन्न बाल उद्धार कोष, आपतकालिन कोषका बारेमा सहजीकरण गर्नु
भएको थियो ।

क्षेत्रीय सचिव एवं कास्की जिल्ला अध्यक्ष प्रमिला
तझ्याले एकल महिला आर्थिक रुपमा सबल हुन सके हिंसा सहेर बस्नु नपर्ने बताउनु भयो । उहाँले जिल्लाका
झण्डै २ सय जना एकल महिलालाई सिपमुलक तालिम लिइ स्वरोजगार बन्न सफल भएको बताउनु भयो ।


समुहका क्षेत्रिय अध्यक्ष मिना पन्थिले नेपालको संविधान २०७२ को धारा ४३ मा
एकल महिलाको सामाजिक सुरक्षाका विषयमा उल्लेख गरेको भन्दै एकल महिलाका आवाजहरु स्थानिय एवं राष्ट्रिय
रुपमा स्थान पाउँदै जानु आन्दोलनको सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले एकल महिलालाई विचरा र
सहानुभूति होइन अवसरको खाँचो भएको बताउनु भयो ।

कार्यक्रममा
पश्चिमाञ्चलका १० जिल्लाका सहभागिहरुले जिल्लाको प्रतिवेदन पेश गरेका थिए भने भावि कार्ययोजना र
उपलब्धिका बारेमा समिक्षा गरिएको समुहका जिल्ला सचिव जुना के.सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई