2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लेखनाथमा युवा संघ कप सेभेन ए साइड फुटबल सुरु

शिव न्यौपाने/ चैत २५, पोखरा । युवा तथा
खेलकुदमन्त्री सत्यनारायण नेपालमा आयोजना हुने १३ औ सागको तयारीका लागी आवश्यक गुरु योजना निर्माण
गरिरहेको बताएका छन् ।

युवा संघ कास्कीले आयोजना गरेको दोस्रो
युवा संघ कास्की जिल्ला कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विहिबार लेखनाथमा उद्घाटन गदै दुई
वर्ष पछि नेपालले साग खेल आयोजना गर्ने जिम्मेवारी लिइसकेकाले त्यसको तयारी मन्त्रालयले सुरु गरेको
बताएका हुन् । उनले पोखरालाई खेलकुद केन्द्रका रुपमा विकास गर्न १३ औ सागका केही खेलहरु पोखरामा गर्ने
पक्षमा खेलकुद मन्त्रालयले रहेको बताए ।

pokhara 2
पोखरामा खेलकुदका लागी आवश्यक भौतिक संरचना निर्माण भएको र त्यसलाई ब्यवस्थित गरेर सागका केही
इभेन्टहरु संचालन गर्ने सोचमा छौ उनले भने । उनले काठमाडौमा बस्नेहरुले मोफसल देख्न नचाहने प्रबृत्तिले
धेरै कार्यक्रमहरु त्यही हुने गरेको भन्दै १३ औ सागका केही इभेन्ट पोखरामा ल्याउन सके खेलकुद केन्द्र
बन्ने आधार तय हुने बताए । उनले १२ औ सागमा खेलाडिले पिडामा रहेका नेपालीलाई खुशी दिएको बताउदै खेलकुदको
विकासमा सवैको सहयोग र साथ रहनुपर्ने बताए ।

युवा संघ
नेपालका अध्यक्ष राजीव पहारीले खेलकुदले अनुशासन, लगनशील र स्वस्थ बनाउने बताए । उनले नेपाली खेलकुद
क्षेत्रले पछिल्लो समय पाएको सफलता खेलाडीहरु वीचको एकता र टिमवर्कनै भएको बताए । एमाले जिल्ला कमिटि
कास्कीका अध्यक्ष कृष्ण थापाले खेलकुद अपरिहार्य रहेको बताउदै सरकारले बढि चासो दिनुपर्ने बताए । युवा
सघ कास्कीका अध्यक्ष विष्णु पुनले नयाँ खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास गदै
आगामी दिनमा पनि खेललाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।उद्घाटन कार्यक्रम युवा संघ कास्कीका
अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको थियो भने संचालन सचिव डिल्लिराम सुवेदी र सहसचिव पानबहादुर
जिसीले स्वागत गरेका थिए ।
pokhara 1

यसैवीच प्रतियोगिताको अन्र्तगत
विहिबार भएको उद्घाटन खेलमा आयोजक युवा संघ कास्की ‘रातो’ले परिर्वतन युवा क्लबलाई ९–० गोलको फराकिलो
जित निकाल्दै विजयी सुरुवात गर्यो । युवा संघको जितमा शिव सुवेदीले ब्यक्तिगत नौ गोल गरे भने रवी
गुरुङले एक गोल गरे ।दोस्रो खेलमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसले युवा संघ लेखनाथलाई ३–० ले पाखा
लगायो । अनेरास्ववियूको जीतमा महेश गुरुङले दुई र अमृत गवुर्जाले एक गोल गरे ।

बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने
छन भने उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ जित्ने युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले
जानकारी दिए । प्रतियोगिमा उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद ५ हजार, मेडल र
प्रमाणपत्र प्रदान गरिने संयोजक नविन पुनले बताउनुभयो । त्यस्तै अनुशासित टिमलाई मायाको चिनो र
प्रमाणपत्र प्रदान गरिने छ ।

तस्बिर – शिव न्यौपाने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई