2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवा महोत्सवको तयारी सकियो

चैत २८, पोखरा । पोखराको
बसुन्धरा पार्कमा संचालन हुने १३ औं फेवा नव बर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव आयोजक
समितिले शनिबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

चैत २८ देखि बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा खानाका मात्र विभिन्न १२ वटा र
अन्य ४० वटा स्टल रहने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्दै
संस्कृति, पर्यटन र खानालाई मुख्य जोड दिएर यो महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले जानकारी
दिए । विदेशी नयाँ वर्ष भन्दा आफ्नै मौलिक नेपाली नयाँ वर्ष धुमधामसँग मनाउने उद्धेश्य समेत महोत्सवले
लिएको उनले बताए ।

महोत्सवमा २५ हजार पर्यटक र एक लाख भन्दा बढी
स्थानीय बासिन्दाले सहभागीता जनाउने महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए । महोत्सवमा सांस्कृतिक
कार्यक्रम, दोहोरी गीतका कार्यक्रम, पप कन्सर्ट, ब्यापारिक तथा बैंकका स्टलहरु पनि आकर्षणको रुपमा रहने
उनले जानकारी दिए । महोत्सवका अवसरमा होटलका विस्तारामा २० प्रतिशत छुटको पनि व्यवस्था गरिएको संयोजक
तुलाचनले जानकारी दिए । कृषि उपज स्टल र बाल उद्यानलाई समेत महोत्सवले समेट्ने छ । डुंगा दौड र पर्यटक
दौडका कार्यक्रम पनि हुने छन् ।

महोत्सवको पहिलो दिन स्थानिय
खहरेचोक बाट विहान ११ः०० बजे झाँकी सहतिको ¥यालीे शुुरु हुनेछ भने महोत्सवको औपचारीक उद्घाटन मध्यान्ह
१२ः३५ बजे महोत्सव स्थल वशुन्धरापार्कमा हुनेछ । उद्घाटन कार्यक्रम पश्चात विद्यालय स्तरिय लोक दोहोरी
प्रतियोगिता कार्यक्रमको साथमा विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट रातको १०ः०० बजे सम्म
रहने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दोश्रो दिन फेवातालको संरक्षण र जनचेतना अभिवृद्धि गर्ने हेतुले खुल्ला डुङ्गा दौड
प्रतियोगिता विहान ८ः००बजे वशुन्धरापार्क नजिक फेवाताल किनारमा आयोजना हुनेछ । विहान १०ः०० बजे देखी
विभिन्न ख्यातिप्राप्त गायक÷गायिका तथा व्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय स्तरिय दोहोरी गीत
प्रतियोगिता साथै नाचगान कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट रातको १०ः०० बजे
सम्म रहनेछ ।

तेश्रो दिन विदेशी पर्यटकहरुलाई नेपाली नयाँ वर्ष
महोत्सवमा सहभागीता गराउन विहान ९ः००बजे स्थानीय हल्लनचोकबाट महोत्सव स्थल वशुन्धरापार्क सम्म खुल्ला
पर्यटक दौड प्रतियोगिताको आयोजना गरिएको छ । विहान १०ः०० बजे देखी विभिन्न ख्यातिप्राप्त गायक÷गायिका
तथा व्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय स्तरिय दोहोरी गीत प्रतियोगिता साथै नाचगान कार्यक्रम,
विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट, रेवान पोखराको सहकार्यमा साँझ ५ः०० बजे देखी मध्यरात
१२ः३० बजे सम्म हल्लनचोक देखी अम्बोट सम्म सडक महोत्सवका साथै सडकमा विविध साँस्कृतिक कार्यक्रम रहनेछ

चौथो दिने नयाँ बर्षको शुभकामना आदान–प्रदान विहान १०ः०० बजे
देखी विभिन्न ख्यातिप्राप्त गायक÷गायिका तथाव्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय स्तरिय दोहोरी गीत
प्रतियोगिता साथै नाचगान कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट, रेवान पोखराको
सहकार्यमा साँझ ५ः०० बजे देखी रातको १०ः०० बजे सम्म हल्लनचोक देखी अम्बोट सम्म सडक महोत्सव का साथै
सडकमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना रहनेछ ।

अन्तिम दिन
विहान १०ः०० बजे देखी विभिन्न ख्यातिप्राप्त गायक÷गायिका तथा व्याण्डद्वारा गायन प्रस्तुती, विद्यालय
स्तरिय दोहोरी गीत प्रतियोगिता साथै मुख्य प्रायोजक, सह प्रायोजक र प्रायोजक, सहयोगी संघ संस्थाहरुलाई
मायाको चिनो प्रदान, सहभागी कलाकार तथा व्याण्डलाई सम्मान साथै पुरस्कार वितरण, नाचगान कार्यक्रम, विविध
सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष पप कन्र्सट रातको १०ः०० बजे सम्म रहनेछ र १३ औं फेवा नव वर्ष महोत्सवको
समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई