2026-07-25 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटकीय गाऊँ घान्द्रुकमा नयाँवर्ष मेला

ghandrukचैत २८, पोखरा । नयाँबर्षको अवसरमा घान्द्रुकमा मेला लाग्ने भएको छ । रोधीं क्लबले स्थापनको आठौँ
वार्षिकोत्सवको अवसर पारेर पर्यटकीय गाऊँ घान्द्रुकमा मेलाको आयोजना गरेको हो । बैशाख १ गतेदेखि शुरु
हुने मेला ४ गतेसम्म चल्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन मेलाको मुख्य उद्देश्य भएको आयोजक
रोधीं क्लबले जनाएको छ । ‘ढुंगेनी गाऊँ घान्द्रुक (कोंड)मा पर्यटकहरु भित्राउनुसँगै स्थानिय सँस्कृतिको
जगेर्ना र खेलकुदको विकासका लागि हामीले मेलाको आयोजना गरेका हौँ ।’ पत्रकार सम्मेलनमा मेलाका
प्रचारप्रसार सँयोजक अमृत लामा (गुरुङ)ले भने–‘विदेशिएका घान्द्रुकेहरुलाई गाऊँमै फर्काउन पनि मेलाले
सहयोग गर्ने हाम्रो अपेक्षा छ ।’

एक्याप अन्तरगत पर्ने
घान्द्रुकमा मेलाकै अवसरमा विश्व वन्यजन्तु सप्ताह २०७३ पनि मनाउने क्लबले जनाएको छ । चार दिनसम्म चल्ने
मेलामा स्थानिय रहनसहन, वेशभुषा र खानपिन विशेष आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यो
सँगै मेला अवधीमा क्लबस्तरिय पुरुष भलिबल, महिला भलिबल, बास्केटबल लगाएतका प्रतियोगिता पनि हुने क्लबका
सचिव तथा खेल सँयोजक राजबहादुर गुरुङले बताए । त्यस्तै छेलो प्रतियोगिता, म्यूजिकल चियर, बेलुन फुटाउने
प्रतियोगिता, घैँटो फुटाउने जस्ता रमाईला खेलहरु पनि मेलाको आकर्षण रहेको आयोजकले बताएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार
र तेस्रोलाई १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले बताएको छ । त्यस्तै
महिलातर्फ भलिबलमा प्रथम हुने टिमले २० हजार र दोस्रो हुने टिमले १० हजार रुपैयाँ नगदसँगै शिल्ड, मेडल र
प्रमाणपत्र प्राप्त गर्नेछन् । बास्केटबल पुरुषतर्फ मात्र हुनेछ । बास्केटबलमा प्रथम हुने टिमले ३० हजार
र दोस्रो हुने टिमले २० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विभिन्न खेलकुदसँगै हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको गायन तथा नृत्य
प्रस्तुती रहने आयोजकले बताएको छ । मेला अवधीभर पर्यटकलाई घान्द्रुकका सम्पूर्ण होटलहरुले प्याकेजमा
खाने र बस्ने व्यवस्था गरेका छन् । खेलाडिको हकमा प्रति खेलाडि बे्रकफास्ट, लञ्च, डिनर र सुत्ने कोठा
गरि दैनिक ८ सय रुपैयाँको प्याकेज होटलहरुले दिएका छन् । अन्य पर्यटकका लागि साविकको तुलनामा २० प्रतिशत
कम मुल्यमा प्याकेज उपलब्ध गराउने घान्द्रुकका होटल संचालकहरुले जनाएका छन् ।

घान्द्रुक मेलाका लागि ४८ वटा जीप र करिब १० वटा बसको व्यवस्था गरिएको आयोजकले बताएको
छ । पोखराको हरिचोकबाट जीप र बस लाग्छन् । करिब दुई घण्टा गाडीको यात्रा र आधा घण्टाको पैदलयात्रा पछि
घान्द्रुक पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक