२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका सबै पत्रकार विमानस्थल शिलान्यास प्रचार समितिमा

२०७२, २८ चैत्र आईतवार १४:२९

चैत २८, पोखरा । बैशाख १ गते शिलान्यास हुने पोखरा अन्तराष्ट्रिय
विमानस्थलको शिलान्यास समारोहको ब्यापक प्रचार प्रसार गर्नका लागि गठित प्रचार प्रसार उपसमिति बिस्तार
भएको छ । विमानस्थलको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।


नेपाल पत्रकार महासंघ कास्की शाखाको सभाकक्षमा सम्पन्न कास्कीका पत्रकारहरुको बृहत
भेलाले उपसमिति बिस्तार गरेको हो । उपसमितिमा कास्कीमा क्रियाशिल सम्पूर्ण पत्रकारहरु सदस्य रहेका छन्

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको पछिल्लो बैठकले पत्रकार महासंघ कास्कीका अध्यक्षको
संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको
शिलान्यास समारोह भब्य ऐतिहासिक बनाउने कार्यमा सबै पत्रकरा सकृय रुपमा लागिरहनु भएकाले कास्कीमा
क्रियाशिल सबै पत्रकार, सञ्चार गृह र पत्रकार आबद्ध संघ सस्थाका पदाधिकारी एवं सदस्यलाई उपसमितिमा पदेन
सदस्य राखिएको उपसमिति संयोजक तथा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृण ज्ञवालीले बताए ।

पत्रकारहरुको भेलाले शिलान्यास कार्यक्रम अघि र शिलान्यासको दिनका हरेक
सूचना प्रभावकारी ढंगले आम पाठक, दर्शक र श्रोता समक्ष पुर्याउने निर्णय समेत गरेको छ । साथै भेलाले
बैशाख १ गते विहान ११ बजे नयाँ विमानस्थलको रनवेमा आयोजित कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह
गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने