2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुत्केरीको पुनः अपरेशनपछि मृत्यु, चिकित्सकको लापरवाही

शिव न्यौपाने/ बैशाख
१३, पोखरा ।  
लमजुङको करापुटार ७ घर भई पोखरा ५ मालेपाटन बस्ने २३ बर्षीय ईश्वरी पौडेल घिमिरे
बैशाख ८ गते विहानै पोखराको ओम अस्पताल पुगिन् । गर्भवती उनी श्रीमान् राजनसँग स्कुटरमै वसेर अस्पताल
पुगेकी थिइन् ।

विहानै अस्पताल पुगेकी उनको गर्भवती जाँच गरियो । अपरेशनको गर्न भनियो र अपरान्ह
झण्डै साढे ४ बजे अपरेशन पनि भयो । उनलाई पुत्रीलाभ भयो । अपरेशनपछि पनि आमा र वच्चा दुवै स्वस्थ थिए ।
भोलिपल्ट बैशाख ९ गते १२ बजे एक्कासी ईश्वरीलाई गाह्रो भयो । चिकित्सक वोलाउन भनियो । १२ बजे बोलाएपनि
दिउसो झण्डै साढे ३ बजे चिकित्सक आईपुगे । आन्तरिक रक्तश्राव भएको भन्दै तत्काल पश्चिमाञ्चल क्षेत्रीय
अस्पताल ९गण्डकी० मा रिफर गरियो ।

त्यहा लगेपछि पुन स् साझ अपरेशन गरियो । दोस्रो पटकको
अपरेशनपछि सुत्केरीलाई आईसियुमा राखियो । निजी अस्पताल ओममा पहिले अपरेशन गर्ने र पछि त्यहाबाट रिफर
गरेर सरकारी अस्पताल गण्डकीमा पुन स् अपरेशन गर्ने एउटै चिकित्सक थिए । सिनियर डाक्टरको रुपमा चिनिएका
निरज कुमार दुवे । दुई पटकको अपरेशनले पनि ईश्वरीको ज्यान बचाउन सकेन । उनको बैशाख १२ गते अर्थात्
आईतवार विहान उनको ज्यान गयो ।

एउटा अस्पतालमा अपरेशन गरेकी सुत्केरीको अर्को अस्पतालमा पुनस्
अपरेशनपछि मृत्यु भएपछि आफन्तले गण्डकी अस्पताल परिसरमा आईतवार विहान प्रदर्शन समेत गरे । सुत्केरीको
मृत्युपछि उनको घर तर्फकाले शव बुझेर लगेपनि माईती पक्षले वाटोबाटै शब फर्काएर पुन अस्पताल ल्याए र
चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै प्रदर्शन गरे ।

मृतक पक्ष र ओम अस्पताल विच गण्डकी
अस्पतालमा दिउसो भएको वार्तापछि आफन्तले साझ शव बुझेर लगेका छन् । उनीहरुले नवजात शिशुको शिक्षा,
स्वास्थ्य सहितको जिम्मेवारी ओम अस्पतालले बेहोर्नुपर्ने माग राखेका छन् ।

मृतकका देवर
ज्ञानेन्द्र घिमिरेले ओम अस्पतालको लापरवाहीलेनै भाउजुको ज्यान गएको आरोप लगाए । सुत्केरीको मृत्यु
हुनुमा चिकित्सकको पनि लापरवाही भएको उनले बताए । सुत्केरीलाई गाह्रो भएपछि वोलाउदा समयमै आएको भए
विरामीको ज्यान बच्न सक्ने उनले बताए । तर पिडित र अस्पतालको समझदारीले कानुनी प्रक्रिया भने सुरु हुन
सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई