2026-09-01 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीका सिडियो जनताको घेराउमा, माफी मागेर पनि सुख पाएनन्

प्रेम सुनार, पुस २, गुल्मी । हिजोको शान्तिपुर्ण आन्दोलनमा चरम दमन र वर्वता अपनाएको भन्दै गुल्मीका सिडियो जनताको घेराउमा परेका छन् । अहिले विहान आन्दोलनरत पक्ष संग सम्वाद गर्न जिल्ला विकास समितिको सभाहलमा बैठकको आयोजना गरेका सिडियो कृष्णप्रसाद ढुङ्गनालाई गेटमा  बसेका आन्दोलनकारीले  बाहिर निस्कनीन दिएका छैनन् ।

जिल्ला प्रशासन अगाडी टायरहरु बालिएकोले धुँवामय बनेको छ । गटेबाट वाहिर निस्कने अवस्था नभए पछि सुरक्षा निकायका प्रमुखहरुले सिडियो र एलडियोलाई जिल्ला विकास समितिको कार्यालय भित्र लगेर राखेका छन् ।

वाहिर निस्केर माफी माग्नु पर्छ नत्र छाडिन्न भन्दै आन्दोलनकारीहरुले नारावाजी गरिरहेका छन् । विशेषतः युवा पक्ती उत्तेजित भएका छन् । यो समाचार तयार पार्ने बेला सम्म संयुक्त जनआन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले सम्झाउने प्रयास गरिरहेका छन् ।

  झण्डै दुइ घण्टा लामो बैठक अवधीकोा अन्तिम तिर आएर सिडियो हिजोको घटना प्रति आत्मालोचना गर्दै माफी माग्न बाध्य भएका छन् । सांसद कमला बिश्वकर्मा ज्यु घाईते भएकोमा क्षमा चाहन्छु भनेका सिडियोलाई सांसद बिश्वकर्मा संग मात्र माफी मागेर मात्रै पुग्दैन् , जो जसका टाउकामा लाठी वर्साउनु भएको छ ति सवै प्रति माफी माग्नु पर्छ भनेर संयोजक श्रेष्ठ, एमाले नेता मधुकृष्ण पन्त लगायत सवै दलले थुर्नु थुरे पछि ल ठिकै छ माफी माग्नु पर्छ भने पनि तयार छु भनेर सिडियोले दुई हात जोडेका थिए । अव भोली देखि हिजोको अवस्था दोहरीने छैन भन्दै उनले प्रतिवद्धता जनाएका छन् । आन्दोलन गाउँ गाउँबाट पनि चर्किएको छ ।

       गुल्मीमा एउटा पनि प्रहरी रहन नदिने चेतावानी

   हिजो सदरमुकाममा भएको प्रहरी दमन प्रति गाउँका जनता र नेताहरुले सदरमुकाममा हाम्रो मान्छेलाई अव छोईयो भने एउटा पनि प्रहरी गुल्मीमा रहन नदिने चेतावानी दिएका छन् ।

  आन्दोलनलाई गाउँ स्तरमा घनिभुत पारेका मजुवाका समाज सेवी चेतन बस्नेतले फोनमा भने–‘ भन्दीनुस् प्रेम जि, त्यहाँ हाम्रा मान्छेलाई अव छोईयो भने मात्रै गुल्मीमा एउटा पनि पुलिस रहन दिने छैन् । नेटा, दर्लिङ्ग, पौदी अमराई, वामी टक्सार , वलेटक्सार , सिमलटारी, पुर्कोटदह लगायतका प्रमुख स्थानका आन्दोलनकारीले पनि यहाँको प्रहरी प्रशासनलाई कडा चेतावानी दिएका छन् ।

 पौदीअमराईको आन्दोलनको विचबाटै त्यहाँका अवकास प्राप्त सुवेदार विष्णुबहादुर खातीले सदरमुकाममा मान्छे थोरै भए भनेर हरेस नखान नेताहरुलाई हौसला बढाए । बैठकमा कांग्रेसका पार्टी सचिव खिलध्वज पन्थी र  एमाले सचिव सोमनाथ सापकोटाले प्रहरीलाई जनताले लखेट्न समेत  सक्ने चेतावानी दिए । बैठकमा कसरी थुरे सिडियोलाई केहि वेरपछि पस्कीने छौं । यो समाचार तयार पार्ने वेलामा भित्र पसेका सिडियो सहितका टोलीले फोन गरेर एक रेष्टुरेण्टलाई दुध मगाउँदै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली