2026-08-29 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी कुप्रथा हटाउन रेडियो रामारोशनको १० औँ वार्षिक उत्सव

कमल रावल | पुस ४, अछाम | रेडियो रामारोशन अछामले आफनो १० औँ वार्षिक उत्सव छाउपडि कुप्रथा विरुद्धको अभियानको थालनीका साथ मनाएको छ । समाजमा ब्याप्त रहेको छाउपडि कुप्रथालाई हटाउन ९ वर्ष पुरा गरेको अवसरमा महिनावारि भएकी ३ दिनको महिलाको हातबाट केक काटेर वार्षिक उत्सव मनाएको हो । 

ब्रह्म कुमारी ईश्वरिय विश्व विद्यालय अछामका प्रमुख कविताको हात बाट केक कटाई रेडियो रामारोशनका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना लगाएत सबै कर्मचारीले प्रसाद तथा टिका ग्रहण गरेका थिए । अछामका थुप्रै सामाजिक आन्दोलन सफल पार्न संञ्चारमाध्यामको तर्फबाट महत्वपुर्ण भुमिका खेलेको रेडियो रामारोशनलाई सुदुरपश्चिममा व्याप्त रहेको छाउपडि कुप्रथालाई विस्थापित गर्नका लागि अभियान अभियान नै संञ्चालन गर्ने भएको छ । समाजमा अझै पनि कतिपय दिदि वहिनीले छाउ गोठमै अकालमा ज्यान गुमाउनु परेकाले अबको रेडियोको खबरदारि सबै दिदिवहिनीलाई सुुरक्षित तरिकाले घरमै बस्न उप्रेरित गराउन यो अभियान बढाईएको रेडियोका कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । अछाम जिल्लामा सन २ हजार ७ बाट छाउपडी कुप्रथा विरुद्ध अभियान थालेपनि सभा गोष्ठिमा मात्र सफल भएकाले आगामि दिनमा जिवनशैलिमा परिवर्तन आउने गराउने उहाँको भनाई छ । 

छाउ अथवा महिनावारी भएका बेला छाउपडी गोठमा बस्ने परम्परा अझै अछाम जिल्लामा कायम रहेको पाईएको छ । सरकारी तथा गैरसरकारी कार्यालयको सहयोग तथा सक्रियतामा अछामका ३१ भन्दा बढी गाबिस तथा नगरपालिकाका विभिन्न वडा छाउपडि गोठमुत्त घोषणा गरिसकिएका छन । अछाममा अझै पनि छाउपडि कुप्रथा चुनौतीको विषय रहेको छ । सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । 

अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा गर्न महत्वपुर्ण योगदान गरेको रेडियो रामारोशनले आगामि दिनमा छाउपडी गोठमुक्त, पुर्ण साक्षर, वाल विबाह मुक्त, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला सँगको सहकार्य लाई अघि सारेको रेडियोका कार्यकारी निर्देशक बेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ