कमल रावल | पुस १०, अछाम | अछाम जिल्लामा औपचारिक रुपमा सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा ) सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछाममा नाम दर्ता गरेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | पुस १०, अछाम | अछाम जिल्लामा औपचारिक रुपमा सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा ) सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछाममा नाम दर्ता गरेर "/>
2026-10-14 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा औपचारिक रुपमा स्वास्थ्य विमा सुरु

कमल रावल | पुस १०, अछाम | अछाम जिल्लामा औपचारिक रुपमा सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा ) सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछाममा नाम दर्ता गरेर औपचारिक रुपमा सुरु भएको हो । 

जेष्ठ नागरिक अछामका संयोजक कर्ण बहादुर केसि र मंगलसेनका महिला स्वास्थ्य स्वंयम सेविका मंगला विकको ईलेक्ट्रोनिक रुपमा फोटो खिचेर तथा दर्ता गरेर स्वंयम सेवक मैना विकले सुरु गर्नु भएको थियो । जिल्ला सामाजिक सुरक्षा विमा समिती अछामका संयोजक तथा निमित्त स्थानिय बिकास अधिकारी शरद प्रसाद ढुगाँनाको अध्यक्षतामा भएको सदस्यता सुभारम्भ कार्यक्रम क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका क्षेत्रिय निर्देशक डाक्ट्र सुशिलनाथ प्याकुरेल प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती निर्देशक डाक्ट्र प्याकुरेलले नेपालको सविधानमा मौलिक हकको रुपमा स्वास्थ्यका सबै सुचकरु अघि सारिएकाले राज्यको पहिलो प्राथमिकतामा रहेको स्वास्थ्य विमा कार्यक्रम अछामममा सुरु भएको उहाँले बताउनु भयो । 

अछाम जिल्ला स्वास्थ्यको क्षेत्रमा देश भरमै उत्कृष्ट भएकाले आगामि दिनमा अछाममा स्वास्थ्य विमा समेत उत्कृट हुने भनाई राख्नु भएको थियो । आगामि दिनमा यसैलाई गरिव जनता सम्म पुरयाउनका लागि सबै सरोकारवालाले साथ दिनु पर्नेमा जोड दिनु भयो । आगामि दिनमा स्वास्थ्य सेवा बिमा सुरु हुने वित्तिकै जिल्लामा सबै स्वास्थ्य संस्थामा कर्मचारीको उपलब्धता, उचित सामाग्री, भौतिक पुर्वाधार, गुणस्तरिय सेवा अनिवार्यता भएकाले यसमा सबैको ध्यान जानु पर्ने बताउनु भयो । कार्यक्रममा पुर्व सभासद शेर बहादुर कुवरले समाजमा अगुवाई गर्ने व्यक्तिमा जिम्मेवारि थपिएकाले सबै यसलाई अभियानकै रुपमा लैजानु पर्ने भनाई राख्नु भएको थियो । 

अछाममा हरेक नागरिक अग्रसर भएकाले जिल्लामा सबै सामाजिक अभियान सफल भएकाले स्वास्थ्य बिमा जस्तो सामाजिक कार्य सफलता पुर्वक सफल पार्न सबै लाग्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा अछामका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल, नेपाली काग्रेस क्षेत्र नम्बर २ का सभापति लक्ष्मण शाह, नेकपा एमाले प्रदेश नम्बर ७ का सदस्य मिना सावद, राप्रपाका नेता तेज बहादुर विष्ट, नेकपा माओवादिका काशिराम जैसि, नेकपा क्रान्तिकारी विप्लव माओवादिका निरक शाही, पत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, गैसस अछामका प्रतिनिधी विन्दु रावलले लगाएतले मन्तव्य राख्दै राज्यले गरिव, असहाय, सिमान्तृत वर्ग सम्म पुरयाउनका लागि स्वास्थ्य विमा सुरु गरेकाले यसमा सबैले साथ दिने प्रतिबद्धता जनाएका थिए । 

नेपाल सरकारको प्राथमिकता परेको कार्यक्रम भएकाले अछाम जिल्ला सुरु भएको र गुणस्तरिय स्वास्थ्य सेवा सबै नागरिक सम्म पुरयाउन स्वास्थ्य सेवा सुरु भएको सामाजिक स्वास्थ्य विमा कार्यक्रमका केन्द्रिय कार्यकारी निर्देशक डाक्ट्र गुणराज लोहनीले जानकारी दिनु भयो । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन जन स्वास्थ्य निरिक्षक झपटराज ढुगानाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश