2026-08-29 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवाहरुका लागि नेतृत्व विकास सम्वन्धि दूई दिने तालिमको मंगलसेनमा उदघाटन

कमल रावल/पुस ११, अछाम । जिविस अछामका निमित्त स्थानिय विकास अधिकारी शरदप्रसाद ढुंगानाले समाज विकास र रचनात्मक कार्यका लागि युवाको सक्रियता आवस्यक भएको बताँउनुभएको छ । 

युवाहरुका लागि नेतृत्व विकास सम्वन्धि २ दिने तालिमको मंगलसेनमा उदघाटन गर्दै ढुगानाले यस्तो बताँउनुभएको हो । यू एन एफ पी ए को सहयोग, जिविस अछामको आयोजना र जिल्ला युवा संजाल अछामको समन्वयमा सुरु भएको तालिममा प्रमुख अतिथी रहनुभएका ढुंगानाले युवाहरुलाई २ दिने तालिमवाट सिक्ने कुरालाई ब्यावहारमा उतारेर अगि बढ्न अनुरोध गर्नुभयो । 

जिल्ला युवा संजाल अछामका अध्यक्ष होम साउदको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा यू एन एफ पी ए अछामका प्रमुख भरत गोतामेले तालिमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै स्वागत मन्तब्य राख्नुभएको थियो । उदघाटन कार्यक्रममा सहजकर्ता भिम जनाला, जिविसका लोकेन्द्र ढुंगाना लगायतका अतिथी रहनुभएको थियो । 

बिभिन्न क्षेत्रका गरी १५ जना युवाहरुको सहभागिता रहेको उक्त तालिमको उदघाटन सत्रको सञ्चालन जिल्ला युवा संजालका सचिव कमल कुमार रावलले गर्नुभएको थियो । यसैबिच साफेबगर नगरपालिकामा नगर स्तरिय युवा सञ्जालको तदर्थ समिति गठन गरिएको छ । जिल्ला युवा सञ्जालका सदस्य सुरत भुलको अध्यक्षतामा भएको युवाहरुको एक भेलाले भुपेन्द्र भण्डारी सयोजक रहने गरि १३ सदस्यिय सञ्जाल गठन गरिएको हो । 

एक महिनाभित्रै बृहत् भेलाको आयोजना गरि सञ्जाल लाई पुर्णता दिने गरि नगरका सबै १२ वडाबाट एक एक जना सदस्य राखिएको छ । उक्त कार्यक्रममा जिल्ला युवा सञ्जालका अध्यक्ष होम बहादुर साउद, उपाध्यक्ष मेनुका ढुङ्गाना, सचिव कमल रावल, साफेबगर नगरपालिकाका खरिदार नृप बिश्वकर्मा, प्राविधिक नरेन्द्र बहादुर तिरुवा, जिल्ला सदस्य बैजन्ती कुवर, कबिता ठकुल्ला, सास्कृतिक बिभाग सदस्य पुजा बुढा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ