पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कमल रावल, पुस १२, अछाम ।</b> अछामको सुतार गाविस वडा नम्बर १ किम्तोलोमा २ जना बालबालिकाको पोखरीमा डुबेर ज्यान गएको छ । नन्दे भण्डारीका ६ बर्षीय छोरी जानकी भण्डारी र ३ बषीय छोरा पुष्प भण्डारी घरनजिकैको पोखरीमा डुबेर मरेका हुन् । आमा बुवा खेतमा गएर घरमा कोही नभएको बेला भाईलाई खेलाउने क्रममा दुवै पोखरीमा खसेर ज्यान गएको स्थानीय डम्बर भण्डारीले बताउनु भयो । घर नजिकै तरकारी र धान खेतीको लागि पोखरी निर्माण गरिएको थियो । भाईलाई खेलाउने क्रममा करिब २ मिटर गहिरो पोखरीमा खसेको र भाईलाई बँचाउने क्रममा दिदीको पनि डुबेर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।</p>

