हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार  

पूर्णबहादुर खड्का/पुस १३, अछाम । बिगत ९ बर्ष देखी अछाम जिल्लामा निरन्तर से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार  

पूर्णबहादुर खड्का/पुस १३, अछाम । बिगत ९ बर्ष देखी अछाम जिल्लामा निरन्तर से"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नमुना बन्दै बयालपाटा अस्पताल, सर्जरी सेवा निशुल्क दिने

२०७३, १३ पुष बुधबार ०५:३८


हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार  

पूर्णबहादुर खड्का/पुस १३, अछाम । बिगत ९ बर्ष देखी अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालले हाल सर्जरी सेवा सहित आफ्ना सम्पूर्ण सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । 

सन २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निशुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी किसिमका सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमा मार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो । 

नेपालको दुर्गम जिल्ला अछाम लगायतका छिमेकी जिल्लाहरुका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन अस्पतालले आफ्ना सेवाहरु निरन्तर निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । तत्कालिन समयमा स्वास्थ्य सेवाबाट कुनैपनि बिरामीले अकालमै ज्यान गुमाउन नपरो भन्ने उद्देश्यले अस्पतालको स्थापना गरिएको थियो । 

अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निशुल्क प्रदान गर्दै आएको अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले बताए । 

निशुल्क रुपमा सर्जरी सेवा उपलब्ध गराउने नेपालमै एकमात्र तथा पहिलो अस्पताल बयालपाटा अस्पताल रहेको उहाँको भनाई छ । उहाँले भने सर्जरी सेवाहरु नेपालका विभिन्न ठाँबाट प्रदान हुने गरेका छन तर ति सबै सशुल्क रुपमा भईरहेको र बयालपाटा अस्पतालले दिने सेवा निशुल्क रहेका । यसरी सर्जरी लगायतका अस्पतालबाट प्रदान गरिने सबै सेवा निशुल्क रुपमा प्रदान गर्ने एकमात्र अस्पताल बयालपाटा अस्पताल हो । 

अस्पतालले अहिलेसम्म ४ हजार भन्दा बढी बिरामीको निशुल्क सर्जरी सेवा गरिरकेको छ । केही जटिल अवस्थाका सर्जरी पनि सफलतापूर्वक सम्पन्न गरेको छ । यसका लागी नेपालमै पहिलो महिला अर्थोपेडिक सर्जन बिशेषज्ञ डाक्टर आरधना झाबाट अस्पतालले सर्जरी सेवा सुरु गरेको थियो । डाक्टर झा पछि अर्का अर्थोपेडिक बिशेषज्ञ सर्जन मन्दिप पाठकले अस्पतालमा सेवा दिनु भएको थियो भने । हाल हार्डजोनीका शल्यक्रिया सेवाहरु अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचन तथा उप मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले प्रदान गरिरहनु भएको छ । २०७० सालदेखी अस्पतालमा सर्जरी सेवा सुचारु गरिएको थियो ।

दुर्गम तथा पिछडिएका क्षेत्रका जनताले स्वास्थ्य कुनै पनि सेवा लिदाँ पैँसा खर्च गर्नु नपरोस भन्ने हेतुले अस्पताललले सबै सेवाहरु निशुल्क गराएको हो । गरिब तथा बिपन्न परिवारका बिरामीहरुलाई रोगबाट भन्दा बढी गरिबीले गर्दा शहर लैजान नसकेर अकालमा मृत्यु हुने गरेको अवस्थालाई मध्यनजर गरेर अस्पतालले सबै सेवा निशुल्क प्रदान गरिरहेको छ । सामान्य खालको सर्जरीका लागी पनि ५० हजार भन्दा बढी पैसा लाग्ने गदर्छ तर बयालपाटा अस्पतालले यस्ता प्रकारका विभिन्न सर्जरी सेवा पनि निशुल्क रुपमा प्रदान गर्ने गरेको छ । अस्पतालका डाक्टर तथा मेडिकल उपनिर्देशक सन्तोष कुमार ढुंगाना भन्नुहुन्छ यस क्षेत्रका जनताको आर्थिक अवस्था एकदमै नाजुक छ जसले गर्दा सर्जरी सेवाका लागी पैँसा हुदैन र समयमै उपचार नभए अकालमा ज्यान गुमाउनु परेको छ । यो अवस्थालाई मध्यनजर गर्दै हामीले सबै किसिमका सेवा निशुल्क प्रदान गरेका हौँ । 

स्वास्थ्यमा सबैको पहुँच हुनपर्छ र यो निशुल्क हुनुपर्छ भन्ने मान्यता राखेर न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले आधारभुत सेवा सम्पुर्ण रुपले निशुल्क हुनेगरी अछाम जिल्लाका सुरु गरिएको थियो । यस क्षेत्रका जनताले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस र सबै सेवाहरु निशुल्क रुपमा लिन सकुन भनेर दर्गम क्षेत्रमा यस अस्पतालको अवधारणा गरिएको थियो । स्थानियबासीहरु भन्छन अस्पतालले यस क्षेत्रका जनतालाई निकै सेवा पुर्याएको र यो दिर्घकालिन हुनुपर्नेमा जोड दिने गरेका छन । अछाम लगायत डोटी, बाजुरा, बझांग, डडेलधुरा, मुगु, कालिकोट लगायतका जिल्लाबाट पनि जनताले सेवा लिईहरेका छन । यि सबै ठाँउका जनताले निशुल्क स्वास्थ्य सेवा पाउदाँ निकै हर्षित छन । 

सन् २०१३ मा स्वास्थ्य खबर पत्रिकाले बयालपाटा अस्पताललाई नेपालकै उत्कृष्ट अस्पतालको अवार्ड जित्न सफल यस अस्पतालको आम जनताका लागी प्रभावकारी सेवा दिन सफल भएको मान्न सकिन्छ । यसका साथै यस बर्ष अछाम जिल्लालाई नै स्वास्थ्य सेवामा नेपालको पहिलो जिल्ला बनाउन पनि बयालपाटा अस्पतालको भुमिका रहेको छ । 

बयालपाटा अस्पतालले आर्थिक बर्ष २०७२/०७३ मा मात्र ८५ हजार ७ सय ८६ जना बिरामीलाई बाहिरंग, अन्तरंग र आकस्मिक विभागबाट निशुल्क सेवा प्रदान गरेको छ भने अहिले सम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुले अस्पतालबाट सेवा लिईसकेका छन । अस्पतालले हाल आएर मानसिक स्वास्थ्य सेवा पनि संचालन गरेको छ । आर्थिक बर्ष २०७२÷०७३ बाट मानसिक स्वास्थ्य सेवा सुचारु गरिएको हो । यसका साथै अस्पतालले स्वास्थ्य मन्त्रालयबाट संचालित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, टि.बी. एचआईभी एड्स, कुपोषण, कुष्ठारोग, खोप आदी कार्यक्रम संचालन गरिहरेको छ । बिरामीहरुका लागी अस्पतालले नेपाल सरकारबाट उपलब्ध हुने ७० प्रकारका निशुल्क औषधी बाहेक २०० प्रकारका अन्य औषधी पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । 

अस्पतालले आधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे, ब्लड बैँक सेवाहरु पनि संचालन गरेको छ । यसका साथै दन्त सेवा पनि दिईरहेको छ । दन्त चिकित्सक डाक्टर रेखा शेरचन र दन्त सहायक मोहन साँउदले दाँतका बिरामीहरुलाई पनि सेवा दिईरहेका छन । सार्वजनिक बिदाका दिन बाहेक अस्पतालले मिनिल्याप र भ्यासेक्टोमी सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । 

अस्पतालले आफ्ना सेवा तथा सुविधाहरु थप गर्नका लागी अस्पतालमा निर्माण कार्यलाई पनि संगसंगै अगाडी बढाएको छ । 

हाल नेपालमै नमुनाका रुपमा अस्पताल परिसरमा माटाका भवन निर्माण कार्य भईरहेको छ । सन् २०१८ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाईएको छ । निर्माण भईरहेका भवनहरु भुकम्प प्रतिरोधात्मक हुने बिश्वास गरिएको छ । 

यसका साथै अस्पतालले ग्रामिण क्षेत्रका जनताका छोराछोरी यसै क्षेत्रमा बसेर स्वास्थ्य शिक्षा हासिल गर्न सकुन भन्ने उद्देश्यले ग्रामिण शिक्षण अस्पतालको समेत परिकल्पना गरेको छ । त्यसका लागी आवश्यक तयारी भईरहेको बताईएको छ । हाल बयालपाटा अस्पतालमा डा. बिकाश गौचन, डा. सन्तोष कुमार ढुंगाना र डा. पवनकुमार अग्रवाल सहित तिनजना ःम्न्ए कार्यरत रहेका भने ८ जना मेडिकल तथा डेन्टल अधिकृत सहित ११ जना चिकित्सकहरु कार्यरत रहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ