२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ निकाला काण्डः पिडकलाई लुकाउँदै पिडितलाई गलाउँदै

२०७३, १४ पुष बिहीबार ०९:५१


प्रेम सुनार/पुस १४, गुल्मी । व्राम्हण समुदायकी महिला संग प्रेम सम्वन्ध राखेको आरोपमा  केहि दिन अघि गुल्मीका एक दलितलाई गाउँ  निकला गरिएको आरोपिहरुलाई सार्वजानिक अपराधको मुद्धा दायर भएको पाँच दिन विति सक्दा पनि प्रहरीले पक्राउ गरेको छैन् ।

गाउँमै मिलाएर घटनालाई झ्यासमिस पार्न अर्वेनी गाविसका तिन वटै  प्रमुख दलका नेता सक्रिय भएको स्थानिय दलित समुदायले आरोप लगाएका छन्् ।

पौष–१ गते विहान करिव ५ वजेको समयमा अर्वेनी–५ का  ८१ व्र्षिय बृद्ध लालबहादुर सुनारको घरमा हेरखोर गर्न गएको बताउँने स्थानिय ४२ वर्षिया न्यौपाने थरकी महिला उनको घर भित्र पसेको देखे पछि उनका भतिजा चिन्तामणी  न्यौपानेको नेतृत्वमा गएको एक समुहले उनिहरु दुवैलाई बाँधेर गाउँ घुमाएका थिए ।

गाउँ घुमाए लगत्तै गाविस कार्यालयमा लैजाँदै गरेको बेला नेपाली कांग्रेसका अर्वेनी गाउँ कार्य समिति सभापति रामप्रसाद न्यौपानेले दुवै हात पछाडी लगाएर बाँधीएको देखे पछि अमानविय व्यवहार लागेर फुकाउन लगाएको बताएका छन् ।

‘माथीबाट तल गाविस भवनमा उनिहरुलाई ठुलो समुहले झार्दै थिए मैले यसरी बाँध्न हुन्न, फुकाएर लैजाउ भने पछि फुकाएका  हुन्’– न्यौपानेले भने –‘उनिहरु विचको सम्वन्ध कतै देखे पनि नदेखे जस्तो गर्नु पर्ने सम्वन्ध हो, यसो नगर भन्दा पनि उत्तेजित ठुलो समुहले अटेरी गरे पछि मैले रोक्न नसकेको हुँ । ’

अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा गरिएको ति महिलाका पुर्व पति संग सम्वन्ध विच्छेदको कागज गराई उनिहरु दुवैलाई  पति पत्नीको सम्वन्ध जोडाईएको थियो ।

त्यस लगत्तै ति महिलाका भतिजा  चिन्तामणी   न्यौपानेले  ति बृद्धको घर भत्काउन लगाएर उनिहरुलाई गाउँ निकला गर्ने अगुवाई गरेको स्वयमले सञ्चार माध्यममा स्वीकार गरी सकेका छन् । 

झिटीझ्याम्ट बोकाएर उनका छोरा अनुरामलाई घर भत्काउन लगाई  ति दुवैलाई  वन पस्न  बाध्य पारिएका  उनिहरु दुई दिन सम्म भिर जंगलमा गएर बसेका थिए ।

त्यस विरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा सार्वजानिक अपराधको मुद्धा पिडित पक्षले पेश गरेको पनि आज ५ दिन वित्दा पनि  प्रहरीले उनिहरुलाई पक्राउ गर्न सकेको छैन् ।

उक्त मुद्धा परेको  थाह पाउन साथ त्यहाँका तिन वटै प्रमुख दलका नेताहरुले गाउँमै मिलाउनु पर्छ भन्दै त्यहाँका दलितहरुलाई दवाव दिएको बुझिएको छ ।  भत्काई दिएको घर गाविसबाट एक लाख रुपैयाँ  छुट्टाएर बनाई दिने र उनिहरुलाई पुनस्थापित गरी न्यौपाने बन्धुहरुले गल्ती गरेको महशुस गर्ने गरी उक्त मुद्धा थुत्न लगाउने प्रयास भई रहेको माओवादी केन्द्र अर्वेनीका प्रतिनिधी कमल न्यौपानेले जानकारी दिए ।

हिजो  साँझ आरोपित दुवै जना न्यौपानेलाई तिनै दलका तिनै जना नेताहरुले सदरमुकाममा लिएर आएको स्थानिय दलित समुदायले बताए पनि  प्रहरीले उनिहरुलाई पक्राउ गर्न सकेको छैन् ।

जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले उनिहरु बसेको भनिएको होटलमा आफुले प्रहरीको टोली दुई तिन पटक पठाए पनि फेला पार्न नसकेको बताए । स्थानियका अनुसार उनिहरु दुवै जना यतिका दिन सम्म गाउँमै थिए तर आज सदरमुकाममा भने उनिहरुलाई लुकाईएको छ ।

अँस्ती साँझ गाउँमै ४०/४५ जनाको समुह सहित गाउँमै मिलाउन दवाव दिएको स्थानिय दलित अगुवा सुर्य सोनीले बताए । ‘उनिहरु दुवै जना गाउँमै छन ’उनले भने –गाउँमै मिल्न दवाव दिईए पनि हामीले मानेका छैनौं  । ’

आज विहानै देखि तिन दलका तिनै जना नेताहरु आ–आफ्ना पार्टीका नेताहरु संग भेटघाटमा व्यस्त थिए । विहान सात वजे तिर आफुलाई पनि त्यहाँका दुई जना नेता भेट्न आएको प्रहरी प्रमुख रावलले बताए ।

‘केहि कुरा बढि वाहिर आएको बताउँदै उनिहरुले धेरै कुरा स्वीकार गरेका छन  र आरोपित दुवै जनालाई बुझाउँछौं पनि भनेका छन्’– रावल भने–‘ हेरौ कति वेला बुझाउने हुन ।’

दश वजे लगत्तै  नेपाली कांग्रेस अर्वेनीका पार्टी सभापति रामप्रसाद न्यौपाने , नेकपा एमालेका अध्यक्ष देविप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका अध्यक्ष हुमकान्त न्यौपाने लगायतका न्यौपाने बन्धुहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना संग भेट गरेका छन् । वाटो खर्च समेत नभएका ति दलित बृद्ध र उनका छोरा  यस अघि पनि सदरमुकाममा आए आज पनि आएका छन् ।

उनिहरुको आर्थिक अवस्था कम्जोर भएका कारण आरोपित ति दुई जनालाई केहि दिन लुकाउँदै र ति दलित समुदायलाई गलाउँदै जाने रणनीति त्यहाँका न्यौपाने बन्धुहरुले लिएको आरोप जिल्ला स्थित दलित अगुवा कृष्ण सुनारले लगाएका छन् ।

सार्वजानिक अपराधको धेरै जस्ता मुद्धामा  २४ घण्टा भित्र अहिले सम्म गुल्मी प्रहरी आरोपितलाई पक्राउ गर्न सफल भएको तर यो अर्वेनीको मुद्धामा मान्छे गाउँमै हुँदा पनि र अहिले सदरमुकाममै हुँदा पनि किन प्रक्रिन सकेको छैन त ? सुनारले भने यसबाट एकथरीलाई लुकाउने र अर्कोथरीलाई गलाउनेहरुलाई वल पुगेको छ । ’

अहिले दुवै पक्ष विच छलफल चलेको र अर्वेनीका तिनै दलका नेता तथा न्यौपाने बन्धुहरुले आरोपित ति दुवै जनालाई देखाउँदै नदेखाई मिलाऔं भनेर चर्को दवाद दिई रहेको पाल्पाबाट घटनाको रिर्पोटिङ्ग गर्न आई पुगेका पत्रकार मिलन बिकले बताए । उनले फोनमा उक्त जानकारी गराई रहँदा न्यौपाने बन्धुहरुको चर्को आवाज सुनिन्थ्यो ।  प्रहरी प्रमुख रावलले वाहिरै मिलाएर मुद्धा फिर्ता नगर्ने बताएका छन् ।  तर प्रहरीले अहिले सम्म  पिडकलाई पक्राउ गर्न सकेन् भन्दै नेपाल राष्ट्रिय दलित आयोगका सदस्य सचिव टिकाराम घले परियारको ध्यानकृष्ट गराउँदा आफुले प्रहरी प्रमुख रावल संग कुरा गर्ने बताए ।

यस घटनालाई मानवअधिकारवादी संस्था ईन्सेकले पनि सुरु देखि नै पछ्याउँदै आएको छ । सो संस्थाकी रुपन्देही स्थित क्षेत्रिय कार्यालय प्रमुख कल्पना नेपालले  दैनिक चासो देखाउँदै त्यसरी गाउँमै  मिलाउन नहुने कुरा दुवै पक्षलाई सुझाव दिदै आएकी छिन् र सम्वन्धीत पक्षको पनि ध्यानकृष्ट गराउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ