कमल रावल | पुस १४, अछाम | जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको छ । समाजमा रहेको छाउपडी कुप्रथा, वाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | पुस १४, अछाम | जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको छ । समाजमा रहेको छाउपडी कुप्रथा, वाल"/>
2026-10-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिप्रका अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी

कमल रावल | पुस १४, अछाम | जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको छ । समाजमा रहेको छाउपडी कुप्रथा, वालविवाह, बहुविवाह लगाएतका कुसंस्कार र कुप्रथाका विरुद्ध अभियान स्वरुप जिल्ला प्रशासन कार्यालयमा सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको हो । 

आजदेखि जिल्ला प्रशासन कार्यालय अछाममा सेवा लिन आउने सेवाग्राहिले प्रशासन अगाडी राखिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर  र आफनो सुझाव भएकाले सुझाव लेखेर मात्र सेवा लिन पाउने भएका छन । पहिलो पटक राखिएको प्रतिबद्धतामा जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगाएत आज आएका सेवाग्राहीले हस्ताक्षर गरि सेवा समेत लिएका जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी आनन्द शर्मा भुषालले बताउनु भयो । पहिलो दिन मै ७१ जना सेवाग्राहीले प्रतिबद्धतामा हस्ताक्षर गरेर सेवा लिएका छन । यस्तो कार्यको थालनी गर्ने जिल्ला प्रशासन कार्यालय अछाम पहिलो सरकारी कार्यालय हो । 

अछाम जिल्लामा परापुर्व काल देखि ब्याप्त छाउपडी कुसंस्कारका कारण विगत १० बर्ष यता ९ जना महिला तथा किशोरिहरुले अकालमै छाउ गोठमा ज्यान गुमाउनु परेको तथा यहि मंसिर ३ गते तिमिल्सैना गाबिस वडा नम्बर ७ निवासि डम्मरा उपाध्याय र पौष ३ गते ग्राजा गाबिस वडा नम्बर ७ निवासि कक्षा ९ मा पढ्ने १५ वर्षिया छात्रा रोशनी तिरुवाको छाउपडि गोठभित्र दुखद निधन भएकोले प्रशासनको गम्भीर ध्यानआकर्षण भएको भन्दै सामुहिक प्रतिबद्धताको थालनी गरिएको भुषालले बताउनु भयो । कुसंस्कारका कारण अकालमा ज्यान गुमाएका महिला र किशोरि प्रती हार्दिक समवेदना प्रकट गर्दै महिलाको सम्मान रुपमा बाच्न पाउने अधिकार संरक्षण गर्न र भावि सन्ततीहरु यस कुसंस्कारको सिकार हुन नपरोस भनी प्रतिबद्धता पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश