2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अङ्ग्रेजी नयाँ वर्षका कारण पोखरा पर्यटकले भरिभराउ

वासुदेव पौडेल, पुस १५, पोखरा । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । 

प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर संस्कृति बढ्दै गएका कारण पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताउनुभयो । 

“पछिल्लो समयमा पोखरामा उत्साहजनक रुपमा स्वदेशी पर्यटकको वृद्धि भएको छ”, उहाँले भन्नुभयो – “भूकम्प र नाकाबन्दीले सुस्ताएको यहाँको पर्यटनलाई बढ्दो आन्तरिक पर्यटक आगमनले विस्तारै आत्मनिर्भरतातर्फ उन्मुख बनाएको छ ।” 

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा जाने भन्ने कुरा ब्रान्डिङ जस्तै बनेको बताउँदै उहाँले यस याममा पोखरामा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको जानकारी दिनुभयो । 

विभिन्न शैक्षिक संस्थाका विद्यार्थी पनि आफ्नो क्यालेन्डर मिलाएर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने गरेका छन् । 

नयाँ वर्षमा पोखरामा होटेल नपाइने डरले अधिकांश पर्यटकले अग्रिम बुकिङ गर्ने गरेका छन् । 

विगत एक साताअघिदेखि बुकिङ गर्ने क्रम सुरु भएको जानकारी दिँदै अध्यक्ष थापाले डिसेम्बर ३१ र जनवरी १ का लागि अधिकांश होटेलमा बुकिङ सकिसकेको जानकारी दिनुभयो । 

विगत १८ वर्षयता निरन्तर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले गर्दै आएको सडक महोत्सवले पनि यस समय आउने पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । 

नयाँ वर्षको अवसरमा पोखराको सुन्दरताको अवलोकनका साथै महोत्सव पनि अवलोकन गर्न पाइने भएकाले विगत केही वर्षयता पर्यटक महोत्सवलाई समेत लक्षित गरी आउने गरेको १८औँ पोखरा सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराई बताउनुहुन्छ । 

“घुम्नका लागि अनुकूल समय, जारी महोत्सव र नेपालभित्र बढ्दै गएको घुमफिर संस्कृतिका कारण उत्साहजनक रुपमा पोखरामा आन्तरिक पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो – “पुस १३ गतेदेखि सुरु भई १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा लगभग पाँच लाखको सङ्ख्यामा पर्यटक आउने अनुमान गरेका छौँ ।” 

मौसमको अनुकूलताका कारण यतिखेर पोखरा आसपासका माछापुच्छ«े, अन्नपूर्ण, तथा धवलागिरिलगायतका हिमशृङ्खलाले पर्यटकलाई खुलेर स्वागत गरेका छन् । 

हिमाली दृश्यको अवलोकनका साथै पोखरा आउने पर्यटक यहाँको फेवातालमा बोटिङको मज्जा लिँदै तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न जान्छन् । 

जारी सडक महोत्सवका कारण सिङ्गारिएको लेकसाइड यतिखेर साँच्चै दुलही झैँ सिङ्गारिएको छ । 

युरोपियन राष्ट्रको जस्तै आभास हुने किसिमको झिलीमिलीले स्वदेशी एवम् विदेशी पर्यटकलाई आनन्दित तुल्याएको छ । 

पोखराको अर्को आकर्षण डेभिड फल्सबाट खसेको पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ भने नजिकै रहेको गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफामा पर्यटक रमाउने गरेका छन् । 

फेवातालको शिरमा रानीवनमाथि देखिने विश्व शान्ति स्तूप पनि यहाँको अर्को पर्यटकीय गन्तव्य हो । 

यहाँबाट देखिने पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङ्कोटलगायतका स्थानको अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेका छन् । 

यी स्थानका अतिरिक्त पोखराको विन्ध्यवासिनी मन्दिर, सराङ्कोट, लेखनाथ नगरपालिकास्थित बेगनास, रुपालगायतका सात ताल, महेन्द्र गुफा, चमेरो गुफा, सेती नदीको गल्छी, माटेपानी गुम्बा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय आदि पर्यटकका रोजाइमा पर्ने गरेका छन् । 

साहसिक पर्यटनका प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, बञ्जीजम्प, जिप फ्लाई आदिले पनि पोखरामा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । 

प्रकृतिका धेरै अनुपम छटाका कारण पोखराले पर्यटकलाई आकर्षित गर्ने गरेको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पहारी अङ्ग्रेजी नयाँ वर्षका कारण केही दिनयता पोखराका होटेलमा पर्यटक आउने क्रम तीव्र रुपमा बढेको बताउनुहुन्छ । 

होटेल सङ्घमा आबद्ध यहाँका लगभग ४०० होटेलका साथै आबद्ध हुने क्रममा रहेका लगभग ५० होटेल गरी ४५० हाटेलले पोखरामा पर्यटकलाई सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ । 

“पोखरा क्षेत्रमा पर्यटक बस्न सक्ने गरी होटेलका लगभग नौ हजार कोठामा २० हजार बेड सङ्ख्या रहेको छ”, उहाँले भन्नुभयो – “पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका हेटेलमा समेत प्रतिदिन पोखराले ३० हजारको सङ्ख्यामा पर्यटकलाई राख्न सक्दछ ।” 

नयाँ वर्षका कारण बढेको पर्यटकको चापलाई दृष्टिगत गरी होटेलले आफ्नो सेवा प्रवाहलाई पनि प्रभावकारी बनाएको होटेल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो । 

“एक साताअघिदेखि नै पर्यटकले होटेलमा अग्रिम बुकिङ गरेका छन्”, पन्थीले भन्नुभयो – “डिसेम्बर ३० देखि जनवरी १ सम्म धेरै बुकिङ भइसकेको छ, होटेलमा विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकको सङ्ख्या बढी छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई