२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तिलकपुरको १५ हेक्टर जग्गामा बृक्षारोपण

२२ श्रावण २०७२, शुक्रबार २३:४९

साउन-२३, नवलपरासी । प्रस्तावित सृष्टि
सामुदायिक वन उपभोक्ता समुह तिलकपुर–२ र ४ को १५ हेक्टर जग्गामा बृक्षारोपण गरिएको छ । वन अतिक्रमण
रोक्नका लागि वन क्षेत्र भित्रको खाली जग्गामा जिल्ला वन कार्यालयको प्राबिधिक सहयोगमा तारबार गरी
बृक्षारोपण गरिएको वन समुहका सचिव गणेश प्रसाद चौधरीले बताउनुभएकोछ

सो वनक्षेत्रमा जिल्ला वन कार्यालयको रु सात लाख र
सुष्टि सामुदायिक वन समुहको ५ लाख रुपैया बराबर को जनश्रममा उक्त जग्गा संरक्षण एव् बृक्षारोपण गरिएको
हो । वन क्षेत्र भित्र टिक, मसला कदम, जामुन, हर्राे बर्रो तेजपात लगायतका प्रजातिका २५ हजार बिरुवा
रोपिएको फरेष्टर होमनाथ घिमिरेले

जानकारी दिनुभयो ।

उपभोक्ताहरुको सहयोग र वन समुहको
सक्रियताबाट उक्त जग्गा संरक्षण एवम् बृक्षारोपण सम्भव भएको इलाका वन कार्यालयका सहायक वन हधिकृत केदार
नाथ पौडेलले बताउनुभएको छ ।

वन संरक्षण्का लागि समुहका अध्यक्ष श्री बहादुर शाहीको नेतृत्वमा वन समुह सक्रिय हुदै आएकोछ ।
त्यस्तै वन अतिक्रमण तीब्र हुदै गएपछि जिल्ला वन कार्यालय नवलपरासीले खाली पर्ति जग्गा संरक्षणमा ध्यान
दिन थालेको छ ।

वन
क्षेत्र अतिक्रमणलाई रोक्ने रणनिति बमोजिम जिल्ला वन कार्यालयले सुनवलको ज्यामिरे,तिलकपुरको भगडा
लगायतका स्थानमा तारबार गरी वन तथा जग्गा संरक्षण गरेको हो ।

सुनवल ज्यामिरेमा रहेको वन क्षेत्रमा बसपार्क
बनाउनका लागि चलखेल गरिएको भन्दै जिल्ला वन कार्यालयले तारवार गरी संरक्षण गरेकोछ । खाली जग्गा हुने
बित्तिकै स्थानीयले ब्यक्तिगत तथा सामाजिक प्रयोगका नामामा अतिक्रमण गर्ने भएकोले वन अतिक्रमण रोक्न
तारबार गरिएको जिल्ला वन कार्यालयले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक