2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रतिगामी संबिधान बनाउन खोजेको भन्दै नवलपरासीमा आन्दोलनको चेतावनी

साउन-२४, नवलपरासी । प्रतिगामी संबिद्यान बनाउन खोजेको भन्दै
असन्तुष्ट दलहरुले नवलपरासीमा आन्दोलनको चेतावनी दिएका छन् । अन्तरिम संबिद्यान भन्दा पनि प्रतिगामी
किसिमको संबिद्यानको मस्यौदा आएको भन्दै ३३ दलीय मोर्चा र मधेशी मोर्चामा आबद्ध दलहरुले आइतवार
आन्दोलनको चेतावनी दिएका हुन । असन्तुष्ट दलहरुले सदरमुकाम रासीमा आयोजना गरेका अन्तरक्रियामा बोल्दै १२
दलीय मोर्चामा आबद्ध दलहरुले काग्रेस एमाले एमाओवादी र फोरम लोकतान्त्रिकले प्रतिगामी संबिद्यान जारी
गर्न खोजेको बताउदै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन ।

कार्यक्रममा संघीय समाजवादी फोरम, तराई मधेश
लोकतान्त्रिक पार्टी, नेकपा–माओवादी , सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना
पार्टी , राष्ट्रिय मधेश समाजवादी पार्टी लगायत १२ दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैद्य
माओवादी नवलपरासीका सचिव सुर्य न्यौपानेले जानकारी दिनुभएकोछ ।

अन्तरक्रियाबाट साउन २६ गते सदरमुकाम परासीमा गरिने
बिरोध सभामा ब्यापक जनसहभागिता जुटाउन कार्यकर्ताहरुलाई निर्देशन गर्ने ,३० गते साझ मसाल जुलुस गर्ने र
३१ गतेको आमहडताललाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय भएको १२ दलीय मोर्चाका संयोजक धरेन्द्र यादवले
बताउनुभयो ।

त्यस्तै
आन्दोलनमा आदिवासी जनजाति मधेशी मुश्लिम, महिला तथा पिछडिएका वर्गका नागरिकहरुलाई सहभागि गराउन आब्हान
समेत गर्ने निर्णय भएको मधेशी मार्चा नवलपरासीका संयोजक मुकुरजी गिरीले बताउनुभएकोछ । १२ दलीय मोर्चा
नवलपरासीका संयोजक धरेन्द्र यादवको अध्यक्षता बैद्य माओवादीका सचिव सुर्य न्यौपानेको संचालनमा भएको
कार्यक्रममा मोर्चा आबद्ध दलहरुका जिल्ला कमिटीका पदनधिकारीहरुका सहभागिता रहेको थियो ।

त्यस्तै असन्तुष्ट दलहरुले सदरमुकाम
परासीमा ४ दलले शनिवार गरेको सिमाङकन जलाएका छन् । चारदलीय सहमतिले पहिचान बिनाको ६ प्रदेशको संघीयता
ल्याएको भन्द असन्तुष्टदलका कार्यकर्ताहरुले सिमाङकन जलाएको हैदर अलि मोमिनले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई