७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रतिगामी संबिधान बनाउन खोजेको भन्दै नवलपरासीमा आन्दोलनको चेतावनी

२४ श्रावण २०७२, आईतवार ००:११

साउन-२४, नवलपरासी । प्रतिगामी संबिद्यान बनाउन खोजेको भन्दै
असन्तुष्ट दलहरुले नवलपरासीमा आन्दोलनको चेतावनी दिएका छन् । अन्तरिम संबिद्यान भन्दा पनि प्रतिगामी
किसिमको संबिद्यानको मस्यौदा आएको भन्दै ३३ दलीय मोर्चा र मधेशी मोर्चामा आबद्ध दलहरुले आइतवार
आन्दोलनको चेतावनी दिएका हुन । असन्तुष्ट दलहरुले सदरमुकाम रासीमा आयोजना गरेका अन्तरक्रियामा बोल्दै १२
दलीय मोर्चामा आबद्ध दलहरुले काग्रेस एमाले एमाओवादी र फोरम लोकतान्त्रिकले प्रतिगामी संबिद्यान जारी
गर्न खोजेको बताउदै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन ।

कार्यक्रममा संघीय समाजवादी फोरम, तराई मधेश
लोकतान्त्रिक पार्टी, नेकपा–माओवादी , सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना
पार्टी , राष्ट्रिय मधेश समाजवादी पार्टी लगायत १२ दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैद्य
माओवादी नवलपरासीका सचिव सुर्य न्यौपानेले जानकारी दिनुभएकोछ ।

अन्तरक्रियाबाट साउन २६ गते सदरमुकाम परासीमा गरिने
बिरोध सभामा ब्यापक जनसहभागिता जुटाउन कार्यकर्ताहरुलाई निर्देशन गर्ने ,३० गते साझ मसाल जुलुस गर्ने र
३१ गतेको आमहडताललाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय भएको १२ दलीय मोर्चाका संयोजक धरेन्द्र यादवले
बताउनुभयो ।

त्यस्तै
आन्दोलनमा आदिवासी जनजाति मधेशी मुश्लिम, महिला तथा पिछडिएका वर्गका नागरिकहरुलाई सहभागि गराउन आब्हान
समेत गर्ने निर्णय भएको मधेशी मार्चा नवलपरासीका संयोजक मुकुरजी गिरीले बताउनुभएकोछ । १२ दलीय मोर्चा
नवलपरासीका संयोजक धरेन्द्र यादवको अध्यक्षता बैद्य माओवादीका सचिव सुर्य न्यौपानेको संचालनमा भएको
कार्यक्रममा मोर्चा आबद्ध दलहरुका जिल्ला कमिटीका पदनधिकारीहरुका सहभागिता रहेको थियो ।

त्यस्तै असन्तुष्ट दलहरुले सदरमुकाम
परासीमा ४ दलले शनिवार गरेको सिमाङकन जलाएका छन् । चारदलीय सहमतिले पहिचान बिनाको ६ प्रदेशको संघीयता
ल्याएको भन्द असन्तुष्टदलका कार्यकर्ताहरुले सिमाङकन जलाएको हैदर अलि मोमिनले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु