2026-07-09 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एमाओवादी र लोकतान्त्रिक फोरमको असन्तुष्टि चुलियो

parasi,
nawalparsasi

रवि पाण्डे/
साउन-२५, नवलपरासी । 
पहिचानका चार आधार र सामथ्र्यका पाच आधारमा संघीय प्रदेश बनाउने १६ बुदें
सहमतिबाट पछि हटेर सम्झौता गरेको भन्दै एमाओवादी र फोरम लोकतान्त्रिक नवलपरासीमा विवाद भएको छ । सिमाङकन
र रेखाङकन गर्दा पहिचान र सार्मथ्यको आधारमा भन्दा हचुवाको भरमा भएको भन्दै ती पार्टीका जिल्लास्तरका
नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । दुवै १६ बुदें पक्षधर पार्टी रहेका छन् । १६ बुदे पक्षधर
पार्टीबाटै बिरोध शुरु भएपछि जिल्लामा आन्दोलनरत बैद्य माओवादी नेतृत्वको मोर्चा र संघीय समाजवादी फोरम
नेतृत्वको मोर्चाको समर्थन बलियो हुदै गएको छ ।

१६ बुदें सहमतिबाट काग्रेस एमाले पछि हटेको र आफ्नो पार्टीले समेत पहिचान
र सामाथ्र्यको आधारमा नटेकेको भन्दै एकीकृत नेकपा माओवादी, र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता
कार्यकर्ताहरुले असन्तुष्टि ब्यक्त गरेका हुन् । एमाओवादीका नवलपरासीका ईञ्चार्ज तथा पुर्व स्थानीय
विकास राज्य मन्त्री घनश्याम यादवले संघीयता घोषणा गर्दा कुनै सैदान्तिक आधारमा नभई हचुवाको भरमा प्रदेश
बिभाजन गरिएको भन्दै आपति जनाएका छन् । नेता यादवले पहिचान र सामथ्र्यका आधारमा संघीयता बनाउने १६ बुदे
सहमति लत्याएर ६ प्रदेश घोषणा गरिएको आरोप लगाए । उनले संघीयतामा जादा जिल्ला टुक्रा¥याउने कुरा पनि
सैद्धान्तिक आधारमा हुनुपर्ने भन्दै विना सैद्धातिन्क आधारमा नवलपरासी जिल्ला टुक्रा¥याइएको बताए । नेता
यादवले परासी क्षेत्रको सार्मथ्यलाई कमजोर बनाउनका लागि त्रिवेणी तथा नारायणी नदी सुस्ताक्षेत्रलाई
अर्काे प्रदेशमा राखिएकोमा आक्रोश ब्यक्त गरेका छन् । त्यस्तै एमाओवादी नेता तथा पुर्व सभासद चिनक
कुमीले पनि हचुवाको भरमा प्रदेश बनाइएको भन्दै बिरोध जनाए । त्यस्तै एमाओवादीका आदिवासी जनजाति मधेशी
मुष्लिम कार्यकर्ताहरुले पार्टीले एजेण्डा छोडेर सम्झौता गरेको आरोप लगाएका छन् ।

8.

उता बिरोधको आगो एमाओवादी
नवलपरासीमा मात्र नभएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा पनि परेकोछ । फोरम लोकतान्त्रिकका केन्द्रीय
अध्यक्ष बिजय गच्छदारले ६ वटा प्रदेशमा सहमति जनाएको भन्दै सो पार्टीको नवलपरासी जिल्ला समितिले त्यसको
बिरोध गरेको छ । फोरम लोकतान्त्रिकले परासी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी ६ प्रदेशआफुहरुलाई
मान्य नभएको बताएकोछ । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पुर्व रक्षा राज्य मन्त्री रामबच्चन
यादव,केन्द्रीय सदस्यहरु लक्ष्मण थारु, र अनिल गौडको उपस्थितिमै सो पार्टीका जिल्ला अध्यक्ष सुवासचन्द्र
गिरीले नारायणी देखि कञ्चनपुरसम्मको मधेश प्रदेश नभए सम्म आफुहरुलाई मान्य नहुने बताए । उनले ६ प्रदेशको
खाका नसच्चिए सम्म आफुहरु मोर्चा बन्दी गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

पार्टीले १६ बुदे सहमतिबाट पछि हटेर सहमति
गरेको नेता गिरीले आरोप लगाए । गिरीले आन्दोलनरत बिभिन्न मोर्चा संग आबद्ध भएर आन्दोलनमा उत्रिने तयारी
भैरहेको जनाए । नवलपरासीमा १२ दलीय मोर्चाले बिरोधका कार्यक्रम गर्दै आएकोछ । त्यस्तै पत्रकार
सम्मेलनमका फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा थरुहट नेता लक्ष्मण थारुले ६ बुदें सहमतिमा
हस्ताक्षर गरेर पार्टी अध्यक्ष गच्छदारले धोका दिएको आरोप लगाए । पहिचान सहितको संघीय तराई मधेश
प्रदेशको पक्षमा पार्टीको बहुमत केन्द्रीय सदस्य रहेको दावी गर्दै नेता थारुले अध्यक्ष गच्छदारलाई
निर्णय सच्चाउन आग्रह गरिएको बताए । फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले ६ प्रदेशमा सहमति
गरेको भन्दै उनीहरुले बिरोध जनाएका हुन । उनीहरुले गच्छदारले निर्णय नसच्चाए बिद्रोहमा उत्रिने चेतावनी
समेत दिएका थिए । उनीहरुले पार्टी बिभाजन गरेर नभइ बहुमतको आधारमा अध्यक्ष गच्छदारलाई हटाउने दावी गरेका
थिए । पत्रकार सम्मेलन फोरम लोकतान्त्रिक नवलपरासीका अध्यक्ष सुवासचन्द्र गिरीको अध्यक्षतामा भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो