2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको परासीमा बिरोध प्रर्दशन

रवि पाण्डे/ साउन-२६, नवलपरासी । संविद्यानको मस्यौदाको खारेजीको माग गर्दै
बाह्र दलीय मोर्चा नवलपरासीले सदरमुकाम परासीमा बिरोध प्रर्दशन गरेको छ । नेकपा–माओवादी नेतृत्वको तेतीस
दलीय राष्ट्रिय मोर्चा र संयुक्त मधेशी लोकतान्त्रिक मोर्चामा आबद्ध बाह्र दलले नवलपरासीको परासीमा
बिरोध प्रर्दशन गर्दै बिरोध सभा गरेका हुन । सभामा बोल्ने बक्ताहरुले आदिवासी जनजाति, मधेशी, मुष्लिम,
दलित ,महिला तथा पिछडिएको बर्ग तथा क्षेत्र अधिकारका लागि आफुुहरु आन्दोलनमा उत्रिएको बताएका थिए ।
बिरोधसभामा तराई मधेश सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष अलाउद्धिन अन्सारीले चारदलले पिछडिएका वर्ग
क्षेत्र तथा मधेशी मुष्लिमहरुको अधिकार माथि कुठाराघात गरेको आरोप लगाउनुुभएको थियो ।

पुर्व सभासद अन्सारीले पहिचान विनाको
संघीयताको पक्षमा देशै आन्दोलनमा लागेको बताउदै चारदलले हचुवाको भरमा सिमाङकन गरेको बताउनुुभयो ।
त्यसैगरी नेकपा ड्यास माओवादीका केन्द्रीय सदस्य तथा अबध मधेश राज्य सेक्रेटरी अशोक लम्सालले एमाओवादीले
उत्पिडित जाति क्षेत्र बर्गलाई धोका दिएको उल्लेख गर्दै राष्ट्रियता कमजोर भएको बेला राष्ट्रवादी, मधेशी
जनजाति तथा मुष्लिमहरु बीच एकता भएको बताउनुुभएको छ ।

त्यस्तै कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय
सदस्य सत्राजीत यादव,तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुुभान अलि अन्सारी,संघीय
समाजवादी फोरमका केन्द्रीय सदस्य मुन्नालाल गुप्ता, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य
लक्ष्मीनारायण गुप्ता लगायतले बोल्दै चारदलले बिना संैद्धान्तिक आधारमा ल्याएको ६ प्रदेश आफुहरुलाई
मान्य नहुने भन्दै मोर्चा सशक्त आन्दोलनमा उत्रिने बताउनुुभएको थियो ।

बाह्र दलीय
मोर्चा नवलपरासीका संयोजक धरेन्द्र यादवको अध्यक्षता तमलोपाका जिल्ला सहसचिव रामज्ञा पाण्डेको संचालन
पुरन चौधरीको स्वागतमा भएको कार्यक्रममा मधेशी मोर्चाका जिल्ला संयोजक मुकुुरजी गिरी,तमलोपाका जिल्ला
उपाध्यक्ष हैदर अलि मोेमिन, करम हुसैन ,सद्भावनाका जिल्ला प्रबक्ता सुुभासचन्द्र शर्मा, राष्ट्रिय मधेश
समाजवादी पार्टीका उपाध्यक्ष महेन्द्र चौधरी, संघीय समाजवादी फोरमका उपाध्यक्ष नरेन्द्र गिरी, फोरम
लोकतान्त्रिकका उपाध्यक्ष गोविन्द पटेल ,सद्भावनाका अध्यक्ष अलिहुसैन अन्सारी लगायतले बोल्दैचारदलले
ल्याएको ६ प्रदेशको खाका खारेज गर्नुुपर्ने बताउनुुभएको थियो ।कार्यक्रममा हरिलाल यादवलगायत कलाकारहरुले
पहिचानको पक्षमा गीत प्रस्तुुत गर्नुभएको थियो । बिरोधसभा चारदलीय सहमतिबाट बनेको संघीयता र मस्यौदा
संबिद्यानको खारेजीको माग गर्दै निकालिएको जुलुसले परासी सदरमुकाम परिक्रमा गरेको थियो ।

कार्यक्रममा बाह्र दलीय मोर्चामा
नभएका फोरम लोकतान्त्रिक र राष्टिय मधेश समाजवादी पार्टी नवलपरासीले समेत ऐक्यबद्धता जनाएका थिए
।त्यस्तै कार्यक्रममा १२ दलीय मोर्चा नवलपरासीकाले ३० गते मसाल जुलुस र ३१ र ३२ थतेको बन्द सफल बनाउन
भन्दै आब्हान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई