७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालमैत्री नगरमा बालिका माथि यौन दुब्र्यवहार

२६ श्रावण २०७२, मंगलवार ००:२९

रवि पाण्ड/ साउन २७,
नवलपरासी ।
देशकै पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिकामा बालक द्धारा बालिका माथि बाल
यौन दुब्र्यवहारको घटना भएको खुलासा भएको छ । सुनवल नगरपालिका नौ स्वाठी घर भएकी ४ बर्षीय बालिका माथि
बिद्यालयबाट घर फर्कने समयमा स्कुल बसमा एक बालकले यौन दुब्र्यवहार गरेको खुलासा भएको हो ।

पिडित बालिका र पिडक बालक दुबै
सुनवलस्थित बालमैत्री साकुरा मेमोरियल उच्च माविमा अध्ययरन रहेका थिए । बालिका पुर्व प्राथमिक र बालक
कक्षा सातमा अध्ययनरत रहेका थिए । त्यस्तै साउन २६ गते बिद्यालयबाट घर जाने क्रममा बसमा घटना भएको
अनुसन्धानबाट खुलेको छ । पिडित बालिकाको स्वास्थ्य अबस्था भने समान्य रहेको जिल्ला बाल अधिकार अधिकृत
रवि गौतमले बताउनुभएकोछ ।

बालिका माथि यौन र्दुब्यवहार भएको पुष्टि भएको अधिकृत गौतमले जानकारी दिनुभएकोछ । त्यस्तै
बालमैत्री सुनवलमा बालबालिका माथि घटनाहरु भइरहेको भन्दै स्थानीय तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त
गरेका छन् । उनीहरुले बालबालिका माथि सु्नवलमा घटनाहरु भइरहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन

बालबालिका माथि बाल
हिंसाका घटना भइरहेको भन्दै सरोकारवालाहरुले बालमैत्री सुनवल घोषणा प्रति समेत आँशका गरेका हुन ।
त्यस्तै साकुरा मेमोरियल उच्च माविलाई समेत बालमैत्री बिद्यालय घोषणा गरिएको थियो । बुधवार बिद्यालयका
अभिभावकहरुले बिद्यालय समयमा बालिका माथि दुब्र्यवहार भएको भन्दै बिद्यालय प्रशासन बिरुद्ध नाराबाजी
समेत गरेका थिए ।

बिद्यालयमै पनि बालिका असुरक्षित भएको भन्दै अभिभावकहरुले बिरोध जनाउका थिए ।त्यसैगरी
बालमैत्री सुनवल नगरपालिकाका सुनवल चोकमा अलपत्र अवस्थामा भेटिएका ८ बर्षीया बालिकाको उद्दार गरिएको छ

जिल्ला बालकल्याण
समिति नवलपरासीका बाल अधिकार अधिकृत रवि गौतमका अनुसार अन्दाजी ८ बर्षीया गहुंगोरो वर्णको नागेश्वर
शाहनी नाम बताउने बालिकालाई सुनवल प्रहरीले सुनवल चोकबाट उद्दार गरेको हो ।नवलपरासीको सनई १ घर बताउने
आमाको नाम उर्मिला र बाबुको नाम सन्तोष बताउने बालिकालाई प्रहरीले उद्दार गरी जिल्ला बालकल्याण समिति
नवलपरासीमा राखिएको छ ।

बालिकाको आफन्तको खोजी भईरहेको र आफन्त भेटिएपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ । त्यस्तै
जिल्ला बाल कल्याण् समितिका अनुसार यस अघि सुनवलमै एक एक महिने शिशु फेला परेको थियो । शिशुको उद्धार
गरि संरक्षक नियुक्ति गरि संरक्षकको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नगर प्रहरी प्रमुख पाण्डेलाई ७ दिनको म्याद दिएर,७ बुँदे स्पष्टीकरण गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या