2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एक महिनामा २१ जनाको ज्यान गयो

दयाराम आचार्य/ भदौ-२, नवलपरासी । चालु आर्थिक बर्ष ०७२/०७३ को पहिलो
महिनामा सवारी दुर्घटनाबाट २१ जनाले ज्यान गुमाएका छन भने ५६ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी
कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार साउन महिनामा भएका २३ वोटा सवारी दुर्घटनाबाट २१ जनाले ज्यान
गुमाएका हुन । ज्यान गुमाउनेमा १५ जना पुरुष ४ जना महिला तथा २ जना बालवालिका रहेको कार्यलयले जनाएको छ

त्यस्तै चालु आर्थिक
बर्षको पहिलो महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी नियम ् उल्लङघन गर्ने सवारी साधन
कार्वाही बाट करीब साढे सात लाख रुपैया राजस्व संकलन गरेको छ ।

जिल्ला
ट्राफिक प्रहरी कार्यलय नवलपरासीका पदम बडुले दिनुभएको जानकारी अनुसार चालु आर्थिक बर्षको पहिलो महिनाको
साउन मसान्त सम्ममा १५ सय ५०वोटा सवारी साधन कार्वाहीबाट ७ लाख ३२ हजार २ सय रुपैया राजश्व संकलन भएको छ

गत महिनामा सबै
भन्दा बढि ९ सय नब्बे वोटा ट्रक कार्वाहीबाट ५ लाख १५ हजार ३ सय रुपैया राजश्व संकल भएको छ ,यस्तै ९३
वोटा बस कार्वाहीबाट ५९ हजार रुपैया , १ सय २४ वोटा जिपकार कार्वाहीबाट ३३ हजार २ सय रुपैया, ७६ वोटा
ट्याक्टर कार्वाही बाट २२ हजार ९ सय रुपैया र २ सय ६७ वोटा मोटर साईकल कार्वाही बाट १ लाख १ हजार ८ सय
रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका बडुले जानकारी दिनु भयो ।

साउन महिनामा बिभिन्न घटकले बन्द
आह्वान गरेपनि राजश्व संकलनमा खासै प्रभाव नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख सुर्यकुमार
श्रेष्ठले बताउनु भयो ।

अघिल्लो आर्थिक बर्ष ०७१/०७२ को यसै समयमा १८ सय
सवारी साधन कार्वाहिबाट ४ लाख ५७ हजार ७ सय रुपैया राजश्व रकम संकलन भएको थियो ।यस हिसालबले यो आर्थिक
बर्षको पहिलो महिनामा झण्डै तिन लाख रुपैया राजश्व रकम बढि संकलन भएको छ ।

यस्तै गरी
साउन महिनामा मापसे गरी सवारी चलाउने ५ जना कार्वाहीमा परेका छन ,जस बाट ५ हजार रुपैया राजश्व संकलन
भएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले