2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मधेशी मोर्चा सम्बद्धदलहरुले परासीमा बिरोध प्रर्दशन

भदौ ४,
नवलपरासी ।
मधेशी मोर्चा सम्बद्धदलहरुले नवलपरासीको सदरमुकाम परासीमा शुक्रवार बिरोध प्रर्दशन
गरेका छन् । उनीहरुले चारदलले गरेको सिमाङकन तथा देशभर मधेशी र थारुहरुको आन्दोलनको क्रममा प्रहरी
हस्तक्षेप भएको भन्दै बिरोधमा उत्रिएको बताएका छन् ।

लठ्ठी सहित उत्रिएका थरुहट मधेशी मोर्चा सम्बद्ध कार्यकर्ताहरुले नेपाली
काग्रेसका सभासद् बिक्रम खनालको शवयात्रा जुलुस समेत निकालेका थिए । जुलुसले रामग्राम नगरपालिकाको
बिभिन्न वडा परिक्रमा गरी बुद्धचोकमा बिरोध सभा गरेका थिए ।

सभामा बोल्ने बक्ताहरुले नवलपरासी थरुहट तथा
मधेशीहरुका स्वायत प्रदेश हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै परासीमा मोर्चाको कार्यक्रम हुनु अघि
सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।

जिल्लाको समग्र अवस्था हेरी सदरमुकाम परासी, बासाबसहीलगायतको स्थानमा सुरक्षा ब्यवस्था
कडा पारिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभएको छ । त्यस्तै सुरक्षा ब्यवस्था कडा
पारिए संगै परासीको चोकचोकमा शसस्त्र तथा जनपद प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै सुनवल भुमही बासा
भगडामा पनि प्रहरी तैनाथ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ