2026-07-11 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको ट्राइ स्टार रेष्टुरेण्टमा भीषण आगलागी

2017-01-11

पुस २७, पोखरा । खराको बाराहीचोकमा रहेको ट्राइ स्टार रेष्टुरेण्टमा मंगलबार राति भीषण आगलागी भएको छ । 

आगलागीले रेष्टुरेण्ट पूर्णरुपमा जलेर क्षति भएको प्रत्यक्षदर्शीले जनाएका छन् । राति करिब १० बजे २५ मिनेट आगोले रेष्टुरेण्ट जलेर पूर्णरुपमा ध्वस्त भएको छ । रेष्टुरेण्टको तल्लोतलामा रहेको एक ट्राभस एजेन्सी, एटिएम काउन्टर, मनिचेन्जर जलेको छ ।

काठैकाठले निर्मित उक्त रेष्टुरेण्ट स्थानीय धमेन्द्र बाटाजूले एक वर्षअघि सञ्चालनमा ल्याएका थिए । रुफ टपसहितको उक्त रेष्टुरेन्ट पर्यटकको आकर्षणको केन्द्र थियो । मध्यरातसम्म पनि आगो नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टका तीन वटा दमकल र खानेपानी प्रयोग गरिएको थियो । आगोलागीबाट रेष्टुरेण्ट अगाडीका दुईवटा मोटर साइकल जलेका छन् भने पछाडीको होटलमा समेत क्षती पुगेको छ ।

आगो लागेको थाहा पाएपछि सुरक्षाकर्मी, स्थानीयबासी, सर्वसाधारण घटनास्थल पुगेका थिए । आगोलागी कसरी भयो भन्नेबारे थाहा हुन सकेको छैन । आगोलागीबाट करिब २ करोड बढिको क्षति भएको प्रहरीका अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट